यौन बलात्कार र विश्व समुदाय
हरेक जीवजन्तु मानिस पशुपक्षी साथै बिरुवालाई पनि आफ्नो वंश चलाउन अपरिहार्य वस्तु यौन अर्थात् सेक्स आवश्यकता पर्दछ । हुन त बिरुवाहरूको पक्षमा हेर्ने हो भने बिरुवाहरूको सेक्स भनेकै कलमी, परागसेचन आदि इत्यादि प्रक्रियाबाट हुन्छ, तर पनि यौनलाई जसरी अथ्र्याउन सक्यो र जसरी लिइन्छ त्यसैमा भरपर्ने कुरा हो । हिजोको हाम्रो समाज र आजको हाम्रो समाजमा यौनबारे धेरै विचारधारा भिन्न हुनुका साथै यसलाई उपयोग, प्रयोग र अवलम्बन गर्ने शैली पनि बदलिसकेको छ ।
आम मानिस होस् या कुनै सेलिब्रेटी होस् यौनलाई परिभाषित कसरी गर्नुहुनछ भनेर सोध्यो भने त्यो प्रश्नको उत्तरमा सबैको फरक र आ–आफ्नै परिभाषा दिन्छन् । कुनैले दाल , भात , तरकारी जस्तै अपरिहार्य भन्छन् त कुनैले चटनी जस्तै हो भन्छन् भने कसैले जीवन चलाउने, वंश चलाउने माध्यम हो भन्छन ।
कसैले मनोरञ्जन र स्वस्थ्य राम्रो राख्ने औषधि हो भन्छन यौनलाई । खैर छाडाँै यो आफू आफूमा भर पर्ने र निर्भर हुने कुरा हो । जती समय आधुनिकता तर्फ धकेलिँदै गइरहेको छ उति नै यौनप्रतिको विचारधारा मानिस मानिसमा फरक हुनुका साथै यसलाई प्रयोग गर्ने शैली पनि भिन्न विभिन्न बनिरहेको हामी प्रत्यक्ष देख्छौँ र देख्दै आएका छौँ ।
आजको विश्व समुदाय बिचमा एकातर्फ यौनप्रतिको विचारधाराहरू बदलिने क्रममा छ त अर्को तर्फ यहि विचार धाराले विकृती पनि फैलाईरहेको छ । विभिन्न यौन सम्बन्धी पाठ्य पुस्तक, फिल्म, डकुमेन्ट्री जस्ता समाग्रीहरूले आजको विश्व समुदायमा मानिसहरूको मन मस्तिष्क र चेतनामा यौन क्रियाकलापसम्बन्धी ज्ञान बढाइरहेको छ भने अर्कोतर्फ यिनै सामग्रीको उचित र सहि सदुपयोग गर्नलाई अज्ञानी बनेर भनौँ या यौन सम्बन्धी चासोलाई अझ बढवा दिएर आजको यो समयमा विकृती फैलाउने कार्य गरिरहेको छ । अझ विकसित र अविकसित मुलुकहरूमा आईरहेको नयाँ परिवर्तन सँगै नयाँ नयाँ पहिरन, यौन उत्तेजना बढाउने सामाग्रीका साथै विपरित लिंगीको कृत्रिम बनावटी अंगहरूको माध्यमबाट पनि मानिसहरू यौन प्रति अझ लालयीत र उत्तेजक भएर बलात्कार जस्तो जघन्य अपराध हुनुमा प्रोत्साहन मिलेको हो कि भन्ने विश्व समुदायलाई आभाष भइरहेको छ आजको सन्र्दभमा । हामीहरूले विभिन्न सञ्चारका माध्यमबाट सुन्न ,देख्न र पढ्न पाईरहेको अहिलेको जुर्मुराउदो र घ्रिणित घटना नै बलात्कार हो । आखिर किन हुदैछ नारी अस्तित्व र अस्मीता माथी अत्यचार ? किन बढ्दैछ यौन सम्बन्धी विकृति ? अनी , किन भईरहेको छ दिनहुँ चेलिबेटीमाथी बलात्कार ? यस्ता अनेकौ प्रश्नहरूको ठेट उत्तर विश्व समुदायले दिन र पत्ता लगाउन सकेको छैन भने अर्को तर्फ बलात्कार जस्तो घट्ना विभिन्न मुलुकहरूमा दिनहुँ घटिरहदा यसको रोकथाम गर्न धौउ धौउ परेको छ भने चुनौती पनि खेप्न परेको छ आधुनिक विश्व समुदायले ।
कहिले सुन्छौँ बगँैचा , लज , होटेल, गुडिरहेको बस, कोठामा आफ्नै सहकर्मी साथीहरूबाट त कहिले अन्य ब्यक्तिहरूबाट त्यो पनि सामुहिक बलात्कार भएको छ । के यो हुनुमा हाम्रै समाज दोषी त हैन ? के हाम्रै समाजमा यस्ता अपराधीहरू लुकेर बसेका छन त ? यस्ता घटनाहरू घटिरहनुमा कतै कानुनको पनि हात छ की ? यस्ता सवालहरू हरेकका ओठहरूमा आउनु स्वभावीक नै हो जब यस्ता घटनाहरूले आफ्नो प्रभुत्वो जमाईरहेको यो समयमा । हिजोको समय वा पाश्चात्य समाजमा पनि नारीहरू थिए । तिनीहरू बलात्कृत भएको घटना सायदै सुन्नमा आएका होलान ।
अझ त्यो समयमा कानुनले न त कुनै रेड लाईट क्षेत्र नै छुट्टाएको थियो न त कुनै सीमाक्षेत्र यौनका लागि । आजको आधुनिक समाजमा यस्ता क्षेत्रहरु छुट्टाउदा पनि यस्ता घटना घटिरहनु पक्कै पनि लाजमर्दो कुरा हो हामी सबैको लागि । त्यस बेलामा महिलाहरूले लगाउने पहिरनले शरीरका सबै अङ्गहरू ढाकीएका हुन्थ्यो । तर आज त्यो आफ्नो मौलीक पनलाई छोडेर छाडा कपडा लगाउदै विपरीत लिङ्गीहरूलाई आकर्षण गर्न र आफूलाई उत्तेजीत देखाउन त्यस्ता कपडाहरूको सहायता लिनाले यस्तो घटना घटाईरहेको त होईन भन्ने आभाष हामीले पक्कै पनि गरिरहेका छौँ होला । त्यो समाजका चेलीबेटीहरूमा इज्जत, प्रतिष्ठा भन्ने कुरा निकै महत्वपूर्ण हुन्थ्यो तर आजका नारीहरूलाई आफ्नो इज्जतको ख्याल नै नभएको हो त ? पहिला आफ्नो घरबाट बाहिर निस्कन डराउने नारीहरू अहिले खुलेयाम भएका हुन त ?, यस्ता यस्ता प्रश्नहरू निस्कीरहेको यो परिपेक्षमा अबदेखि आफ्ना चेलीबेटीहरूलाई जोगाउन गाह्रो हुने अवस्थाको गुनासो गर्नेहरूपनि निस्कीरहेका छन् ।
हो, हुन त पाश्चात्य समाजलाई पुरुष प्रधान समाज भनेर भनिन्थ्यो तर २१औं शताब्दीको परिवर्तनसँगै सबैको विचारमा परिवर्तन भई महिला र पुरुषलाई समान हक अधिकार दिन थालीयो । महिला र पुरुष एक सिक्काका दुई पाटा हुन भन्दै समनताको अधिकार लिईसकेको यही समाजमा फेरी महिलाहरू बलत्कृत हुनुमा कतै महिलाहरूकै हात पो छ की भन्ने आशङ्का पनि नभएको होईन । विचार, सवाल र महिला अधिकारका नारा बिचको भुमरीमा बसेर सोच्दा आखिर यो हुनुमा कस्को दोष हो भनेर अझै पहिचान भएको छैन, हुन सकेको छैन । या सम्बन्धित निकायले ध्यान नदिएको हो या यस्ता करणी गराउने गीरोहहरू हाम्रै समाजको छत्रछाँयामुनि जन्मिरहेको हुनुपर्छ होईन भने आजको विज्ञान र प्रविधिले प्रभुत्व जमाएको आधुनिक विश्वसमुदायमा किन यस्ता अपराधिक क्रियाकलापहरूले स्थान पाईरहेका छन् त ।
यौनसम्बन्धी प्रचारप्रसार र चेतनामूलक कार्यक्रममा चासो दिने मानिसहरूको कमी भएको हो की आधुनिकतासँगै आधुनिक विकृति मौलाएको हो । आधुनिक विश्व समुदाय भित्र अशिक्षित मानिस भेटाउनु भनेको चावलमा वियाँ केलाउनु जस्तै भएको छ । यत्रो शिक्षित समुदायमा यस्ता घटनाहरू घटीरहनु भनेको शिक्षाको दूरूपयोग हुनु हो । के तीनै शिक्षित व्यक्तिहरूले नै यस्ता घटनाहरू घटाईरहेका हुन त ? हुन भने त्यो शिक्षा के काम जुन शिक्षा लिएर चेतनशील र विवेकशील प्राणी पशु सरह बन्छ । अनि अर्को कुरा, के त्यही शिक्षित पुरुष/महिलाले आफ्ना क्रियाकलापहरूका माध्यमबाट अरूलाई यौनप्रति सक्रिय र लालयित बनाइरहेका हुन त ? यसप्रति प्रत्येक व्यक्ति, हरेक समाज र राष्ट्रसँगै यो सिंगो विश्वसमुदायको ध्यान पुग्नु जरुरी छ । यदि वेलैमा यसको रोकथाम हुन नसकेमा अवश्य नै यसको परिणाम नराम्रो र घातकपूर्ण हुनेछ भन्नेमा हामी दुई मत छैनौँ र हुन सक्दैनौँ होला ।
- प्रेमप्रकाश सापकोटा

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.