पछिल्ला सामग्री :
२५ जेठमा सफर फेस्टिबल कन्सर्ट

काठमाडौं/ काठमाडौंको भृकुटीमण्डपमा समर फेस्टिबल २०७० कन्सर्ट आयोजना हुने भएको छ ।

२५ जेठमा हुने कन्सर्टमा शास्त्रीय संगीतदेखि, लोक आधुनिकसहित पप, रक तथा मेटल गीत संगीत प्रस्तुत हुने आयोजकले आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भृकुटीमण्डपको फन पार्कमा हुने कन्सर्टमा भैरवी, श्री ब्यान्ड, इक्वेल ब्यान्ड, अन्डरसाइड, कालो दिनसहित २० भन्दा बढी ब्यान्डले आफ्नो प्रस्तुति देखाउने आयोजक संस्था ओस्कार इभेन्ट एण्ड इन्टरटेनमेन्टका म्यानेजर सुबोध दाहालले जानकारी दिनुभयो ।

कृत्रिम पानीको वर्षासहित हुने कन्सर्ट नेपालमा पहिलोपटक भिन्न किसिमले आयोजना गर्न लागिएको दाहालको भनाइ छ । सहभागी गायक, कलाकारले महिला हिंसाविरुद्ध युवा ऐक्यबद्धतामा समेत आफ्नो प्रतिबद्धता जनाउनुका साथै कार्यक्रमबाट उठेको रकम महिला हिंसाविरुद्ध क्रियाशील संस्था एबिसी नेपाललाई दिइने कन्सर्ट व्यवस्थापक अनिल धितालले जानकारी दिनुभयो ।

बिहान ८ देखि साँझ ८ बजेसम्म सञ्चालन हुने कन्सर्टमा मोटरसाइकलको स्टन्ट प्रदर्शनी, विभिन्न खेल, खानाको स्टलसमेत रहने कन्सर्ट स्थलमा विभिन्न ब्यान्डका टिसर्टसमेत गायकहरूको हस्ताक्षर लोगोसहित बिक्रीका लागि राखिने धितालको भनाइ छ ।

निरन्तर १२ घन्टा सञ्चालन हुने कन्सर्टमा दुई हजार बढी दर्शकको सहभागिता रहने पक्का भइसकेको बताइएको छ । टिकट दर दुई सय र दुई सय ५० रुपैयाँ राखिएको छ । टिकट आरबी कम्प्लेक्समा रहेको मेटल सप, मेटल इन्टिच्युट अनामनगरबाट लिन सकिनेछ भने जेठ ५ गते आइतबारदेखि टपनेपालन्युजडटकम लगअन गरेरसमेत लिन सकिने आयोजकले जानकारी दिएको छ ।
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.