एनसीसी कुवेतको तेश्रो अधिबेसन निर्वाचन वा सहमति
भाईराम चौलागाई , कुवैत सिटी /गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) कुवेतको तेश्रो अधिबेसनको मिति नजिकिदै अन्तिम चरणमा प्रवेश गरिसकेको छ।निर्वाचन समितिको तालिका अनुसार मे २४ तारिख नया कार्य समिति चयन हुने कार्यक्रम रहेको छ।जसकारण कुवेतको नेपाली समाजमा चुनाबी महौल छाएको छ । यहाको समाजमा एनआरएनको भाबी नेत्रित्तोको सम्बन्धमा सहमति वा निर्वाचन भन्दै बहस चलिरहेको छ। सामाजिक संजाल होस् वा टेलिफोन सम्पर्क वा नेपाली हरु जमघट हुने स्थान सबै तिर एनआरएन कै बिषयमा चर्चा हुने गरेका छन्।सामाजिक बिषयमा बहस गर्नु चिन्तनशील हुनु राम्रो पक्ष हो तर केहि व्यक्ति हरुले खुल्ला रुपमा एनआरएन को चुनाब हुनु हुदैन भएको खण्डमा सबैजना देश निकालामा परिन्छ एनसीसी कुवेतको चुनावनै असम्भव भनि भ्रम फैलाउदा पनि निर्वाचन समितिको ध्यानआकर्षन भएको देखिदैन किन?
सहमति सहमति कसरी हुन्छ सहमति? २ उम्मेदवार बिचमा सम्झौता भएर वा कृपापूर्वक सहमति हुदैन। सहमतिको लागि (तटस्थ मध्यस्तकर्ता) तेश्रो पक्ष अग्रसर भएर सहमतिको बाताबरण बनाउन सक्नु पर्छ। यसको लागि अग्रसर हुनु पर्ने भनेको नेपाली समाज कुवेतका बुद्दीजीबी,समाजसेबी र पत्रकार महोदय हरु हुन.तर सबैले सहमतिको माला जप्नु सिबाय दोश्रो केहि गरेको देखिदैन । समाजका अग्रज बुद्दीजीबी,समाजसेबी र पत्रकार महोदय तटस्थ मध्यस्तकर्ता भएर सहमतिको बाताबरण बनाउनु आज तपाइको कर्तब्य हो! तपाइको दाईत्तो हो !
त्यसै यहाहरुलाई समय समयमा सम्माननीय र माननीय बनाई ब्याच लगाई आसन ग्रहण गराईएको होइन ? आज त्यसको मूल्य चुकाउने समय हो चेतना भया,,,,,,,,
यदि सहमति हुन नसकेको खण्डमा चुनाबनै गर्नु परेनी त्यसलाई सबैले समर्थन गर्नु पर्छ। निवाचन बहुमतीय प्रणाली हो। निर्वाचनबाट जनइच्छाको सही प्रतिनिधित्व हुन्छ भने यो निश्पक्ष, स्वतन्त्र र स्वच्छ हुन आवश्यक छ। निर्वाचन समितिले बताए अनुसार एनआरएन-एनसीसी कुवेतमा करिब १३०० सदस्य रहेका छन् । चुनाब भएको खण्डमा पनि एनसीसी कुवेतका १३०० सदस्य सबै चुनाबमा सहभागि हुन्छन भन्ने कुनै ग्यारन्टी छैन। करिब ३०% सदस्य हरु चुनाबमा सहभागी हुने बताउछन् जानकार हरु तसर्थ सहमति हुन न सकेको खण्डमा बहुमतीय प्रणाली बाट एनसीसी कुवेतको नेत्रित्तो चयन गर्नु पर्छ। एनआरएन कुवेतको चुनाबको बिषय लाई लिएर भ्रम नफैलाउ भए सहमति नभए बहुमतीय प्रणाली बाट भाबी नेत्रित्तो चयन गर्दै भब्य रुपले तेश्रो अधिबेसन सफल पारौ। ............. अस्तु
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.