पछिल्ला सामग्री :
एउटा फोटोले गर्दा कृष्णबहादुर महरा तनावमा (तस्वीरसहित)

काठमाडौ/ काठमाडौमा नयाँ महल किनेको भन्दै फेसवुकमा नक्कली फोटो फेसवुकमा सेयर हुन थालेपछि एकीकृत माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा तनावमा परेका छन् । भाडाँमा बसेको घरलाई महराको नयाँ घर भन्दै फेसवुकमा शेयर गरिएपछि महरा तनावमा परेका हुन ।

महराको रोल्पाको घरसँग काठमाण्डौको महल जोडेर बनाइएको फोटो फेसवुकमा ‘भाइरस’ जस्तै सल्किएको छ । महराले फेसवुकमा खण्डन लेखे पनि पूर्वगृहमन्त्रीविरुद्ध फेसवुकवाट पीडित बनिरहेका छन् । महराले यस्तो खण्डन गरेका छन् ।
महरा आर्थिक अभावमा
प्रधानमन्त्री निर्वाचनका क्रममा चीनीयाँ व्यापारीसँग करोडौ रूपैया पैसा मागेको अडियो टेप सार्वजानिक भएपछि उनीसँग अकुत पैसा रहेको लाग्दै आएको थियो । लडाकूको नाममा लिएको पैसापनि महराको नाममा बेरूजु छ । तर, महरा भने आर्थिक संकटमा परेका छन् ।
mahara fake house
आर्थिक संकट अभावका कारण महराले आफ्नो छोरालाई सामान्य जागिरमा लगाएका छन् । खर्च घटाउन भन्दै यसअघि मासिक ३५ हजार भाडा तिर्दै आएको घर छाडेर एक महिना अघि धोविघाटमा २५ हजार तिरेर उनी भाडामा बसेका छन् ।
nepaliheadlines.com
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.