पछिल्ला सामग्री :
सुनको सिक्कामा सचिन

मुम्बई/ भारतीय क्रिकेट टोलीका सिनियर ब्याट्सम्यान सचिन तेन्दुलकरको तस्बिर अंकित १० ग्रामको सुनको सिक्का निकालिएको छ ।

अक्षय तृतीयाका अवसरमा भालुमेन्ट गोल्ड एन्ड जेवेल्स कम्पनीले सोमबार सचिनको सम्मान गर्दै सुनको सिक्का बिक्रीमा ल्याएको हो । कम्पनीले हाल एक लाख सिक्का बजारमा ल्याएको छ ।

२४ क्यारेटको सुनको सिक्का भारतीय मूल्यअनुसार ३४ हजार रुपैयाँ तोकिएको छ । गत फ्रेबुअरीमा कम्पनीले सचिनलाई तीन वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुक्त गरेको थियो । फरक–फरक कम्पनीले सचिनको नाममा आफ्ना सामग्री उत्पादन गर्दै आइरहेका छन् । तर, सचिनको तस्बिर अंकित सुनको सिक्का बजारमा ल्याएको भने यो पहिलो भएको भारतीय एजेन्सीहरूले जनाएका छन् ।

यसबाट स्वयं सचिनले पनि अनौठो मानेका छन् ।  ‘मसँग धेरै सुनका सिक्का छन्, यो भने फरक हुनेछ,’ सुनको सिक्का लन्च गर्दै सचिनले भने, ‘अझ अक्षय तृतीयाजस्तो शुभ दिनमा आफैँले सुनको सिक्का लन्च गर्न पाउँदा धेरै खुसी छु ।’ आफू सुन किन्न सौखिन भएको बताउँदै सचिनले भने, ‘मलाई सुन किन्न मन लाग्छ, पहिले घाँटीमा सुनको लकेट लगाउँथे, यो अहिले पनि जारी छ ।’
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.