पछिल्ला सामग्री :
बास्केटबलको टोली दोहा प्रस्थान

काठमाडौं/ कतारको दोहामा आयोजना हुने प्रथम फिबा थ्री बाई थ्री एसियन च्याम्पियनसिपमा  सहभागी हुन नौ सदस्यीय टोली सोमबार त्यसतर्फ लागेको छ ।

टोलीमा समान चार महिला, पुरुष र एक व्यवस्थापक एवं प्रशिक्षक छन् । दोहामा १ देखि २ जेठसम्म आयोजना हुने प्रतियोगितामा महिलातर्फ ज्ञानु गौचन, प्रीति तुलाचन, नेहा मास्के र अनिशा मल्लले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा आयुष सिंह, श्यामहरि पौडेल, रिकेशकुमार श्रेष्ठ र सोनु शाहीले भाग लिनेछन् । टोली व्यवस्थापक एवं प्रशिक्षकमा फणिन्द्रमान श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बिदाइ गरे ।

IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.