बालबालिकामाथिको हिंसा अन्त्य गर्ने ‘सेभाक’ स्थायी सचिवालयको स्थापना
काठमाडौं/ बालबालिकामाथि हिंसा अन्त्य गर्ने दक्षिण एसियाली प्रयास (सेभाक)को स्थायी सचिवालय काठमाडौंमा स्थापना भएको छ ।
सेभाक सार्क क्षेत्रका आठ वटै मुलुक नेपाल, बङ्गलादेश, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र अफगानिस्तानको अन्तरक्षेत्रीय अन्तरसरकारी संस्था हो । सरकारी तहबाट नेतृत्व गरिएको सो निकायले नागरिक समाजसागको साझेदारीमा कार्य गर्नेछ । सेभाक दक्षिण एसियाली क्षेत्रमा बालबालिकामाथि हुने हिंसाविरुद्ध संयुक्तरूपमा कार्य गर्नका लागि स्थापना भएको संस्था हो ।
सार्क क्षेत्रमा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि संयुक्त पहलकदमीका रूपमा चेतना तथा जागरण, क्षमता विकास, अनुकरणीय तथा राम्रा अभ्यासको आदानप्रदानका लागि सेभाकले प्रयास गर्नेछ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीको उपस्थितिमा मन्त्रालयका सहसचिव उपेन्द्रप्रसाद अधिकारी र सेभाकका तर्फबाट सचिवालयका महानिर्देशक डा रिन्चेन छोपेनबीच सोसम्बन्धी समझदारीपत्रमा मङगलबार हस्ताक्षर भयो ।
सहमतिपत्रमा सार्कका अङ्गका रूपमा मान्यताप्राप्त सेभाक सचिवालय काठमाडौामा स्थापना गर्ने र त्यसमा कार्यरत गैरनेपाली कर्मचारी र पदाधिकारीलाई नेपाल सरकारले आवश्यक प्रवेशाज्ञा उपलब्ध गराउने उल्लेख गरिएको छ । महिला मन्त्रालयले सम्पर्क मन्त्रालयका रूपमा कार्य गर्नेलगायत विषय सहमतिपत्रमा उल्लेख छ ।
सेभाक सार्क क्षेत्रका आठ वटै मुलुक नेपाल, बङ्गलादेश, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र अफगानिस्तानको अन्तरक्षेत्रीय अन्तरसरकारी संस्था हो । सरकारी तहबाट नेतृत्व गरिएको सो निकायले नागरिक समाजसागको साझेदारीमा कार्य गर्नेछ । सेभाक दक्षिण एसियाली क्षेत्रमा बालबालिकामाथि हुने हिंसाविरुद्ध संयुक्तरूपमा कार्य गर्नका लागि स्थापना भएको संस्था हो ।
सार्क क्षेत्रमा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि संयुक्त पहलकदमीका रूपमा चेतना तथा जागरण, क्षमता विकास, अनुकरणीय तथा राम्रा अभ्यासको आदानप्रदानका लागि सेभाकले प्रयास गर्नेछ ।
खासगरी बालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा, बेचबिखन वा ओसारपसार तथा बालश्रम जस्ता विषयलाई केन्द्रविन्दुमा राखेर आफ्ना अभियान र गतिविधि यसले सञ्चालन गर्नेछ । सन् २०१० मा काठमाडौामा भएको सार्क मुलुकका बालबालिकासम्बन्धी मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार सेभाक स्थापना भएको हो । त्यसैगरी माल्दिभ्समा सम्पन्न सत्रौा सार्क शिखर सम्मेलनले सेभाकलाई सार्कको बालबालिकासम्बन्धी एपेक्स बडीको रूपमा अनुमोदन गरेको थियो ।
हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै सचिव अधिकारीले सार्क क्षेत्रका बालबालिकाको कल्याणका लागि सेभाकलाई गतिमान तुल्याएर आफ्नो उदेश्य हासिल गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सार्क सचिवालयका सामाजिक मामिला महाशाखाका निर्देशक इब्राहिम जुहुरीले सेभाक सचिवालयको क्षमता अभिवृद्धि हुने र सार्क क्षेत्रका बालबालिकामाथि हुने हिंसाविरुद्धको अभियानमा संस्थालाई ऊर्जा प्राप्त हुने धारणा व्यक्त गर्नुभयो । सेभाकका महानिर्देशक डा छोपेलले लामो प्रयासपछि नेपालमा सचिवालय स्थापना गर्ने सफल भएकामा खुसी प्रकट गर्नुभयो ।
सो अवसरमा मन्त्रालयका सहसचिव एवम् सेभाक सञ्चालक समितिका सदस्य उपेन्दप्रसाद अधिकारी, युनिसेफको दक्षिण एसियाली क्षेत्रीय कार्यलयका बालसंरक्षण सल्लाहकार रोन पौवेल तथा सेभाक न्याकजीका अध्यक्ष तारक धितालले बालबालिकामाथि हुने हिंसा रोक्न सेभाकले तय गरेको कार्यक्रमले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.