विश्व खाद्य कार्यक्रममा बाल भरियाको प्रयोग (तस्वीरसहित)
वीरबहादुर गिरी, जाजरकोट/ विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित एक कार्यक्रममा बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्ने गरिएको छ । ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्ने गरिएको हो ।
कार्यक्रमअन्तर्गत खलंगा, पाँचकाटिया पैँक मोटरबाटो निर्माणमा विश्व खाद्यद्वारा वितरित चामल र दाल बोक्न बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्ने गरिएको छ । भरिया मात्र होइन उनीहरू बाटो खन्ने काममा समेत संलग्न हुने गरेका छन् । कतिपय स्कुले बालबालिका समेत बालभरिया र बाटो खन्ने काममा प्रयोग गरिएको स्थानीयको भनाइ छ ।
गरिब परिवारका बालबालिकाहरूले चामल, दाल यातायातका साधनबाट झार्नेदेखि गाउँ–गाउँसम्म बोकेर पुर्याउने र मोटर बाटो खन्नेसमेत गरेका छन् ।
उक्त सडकखण्डको तीन किलोमिटर खन्न विश्व खाद्य कार्यक्रमले चालू आवमा आठ सय ६९ क्विन्टल चामल र एक सय आठ क्विन्टल दाल सहयोग गरेको छ । सम्बन्धित निकायको लापरबाहीले बालबालिकाहरू भरियाका रूपमा प्रयोग हुने गरेका छन् ।
अशिक्षा र गरिबी कारण जिल्लाका अन्य काममा समेत बालबालिका भरियाका रूपमा प्रयोग हुनुपर्ने बाध्यता रहेको स्थानीय प्रतिमा आरसीले बताउनुभयो । बालअधिकारको वकालत गर्ने विश्व खाद्य कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रममा नै बालबालिका भरियाका रूपमा प्रयोग हुनु दु:खद पक्ष भएको अधिकारकर्मीहरूले बताएका छन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.