पछिल्ला सामग्री :
अमेरिकामा कराते प्रशिक्षक अमात्यलाई सम्मान (फोटो फिचरसहित)


विजय थापा, भर्जिनिया (अमेरिका) / गत मार्च अमेरिकाको लस भेगासमा सम्पन्न युएस ओपन एण्ड जुनियर इन्टरनेशनल कप २०१३ मा नेपाली टोलि प्रशिक्षक देबेन्द्र अमात्यलाई पदक प्राप्त गर्न सफल खेलाडीहरुको तर्फबाट नेपाल करातेका जन्मदाता एवं नेपाल करातेका पुर्व अध्यक्ष एवं प्रमुख प्रशिक्षक थानेश्वर राईको प्रमुख आतिथ्यमा सम्मान प्राप्त भएकोछ। उक्त सम्मान समारोह अन्तर्राष्ट्रिय मार्शल आर्ट संघ न्युयोर्कका प्रमुख प्रशिक्षक सान्त थोकरको संयोजनमा भएको थियो।

युएस ओपन एंड जुनियर इन्टरनेशनल कप २०१३ मा तीनजना नेपाली खेलाडीहरुले काश्य पदक जित्न सफल रहेका क्रमश जनक सिंह खड्का, समीर थोकर र शान्त थोकर थिए। प्रशिक्षक अमात्यले नेपाली खेलाडीहरुको सफल प्रशिक्षकको भूमिका निर्वाह गर्दै नेपाली समुहलाई पदक जिताउन सफल भएका थिए। सम्मानित  सितोरियो करातेका प्रशिक्षक देबेन्द्र अमात्य सितोरियो कराते संघ मा सन् १९९३ देखि प्रशिक्षन प्रारम्भ गरि अनवरत रुपमा हाल सम्म सफल प्रशिक्षकको रुपमा बोस्टनमा रहदै त्यहाका सामुदायिक केन्द्रहरुमा र वाईएमसीएमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै अमेरिकी कराते महासंघबाट राष्ट्रिय निर्णायक ईजाजत प्राप्त गर्न समेत सफल रहेका छन्। प्रशिक्षक अमात्य अमेरिकामा हुने विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय देखि युएस ओपन प्रतियोगिताहरुमा समेत प्रशिक्षक तथा निर्णायक रुपमा सफल भूमिका निभाएका छन्। 



उक्त सम्मान समारोहमा प्रमुख अतिथि थानेश्वर राईले विदेशमा रहेका नेपाली कराँते खेलाडीहरु क्षमतावान भएको विभिन्न प्रतियोगिताहरुमा सफलता हासिल गर्नुबाट पुस्टि भएकोमा गर्वको कुरा रहेको बताउनुका साथै नेपालका तर्फबाट ओलम्पिकमा खेलेर पदक जित्नसक्ने सम्भावना रहेको बताएका छन्।

सम्मानित भएका प्रशिक्षक देबेन्द्र अमात्यले आसातित सन् २०२० ओलम्पिकमा करातेलाई समेट्न विश्व भरका कराते खेलाडी, प्रशिक्षक, निर्णायक एवं करातेका समर्थकहरु लागिपरेका र आफु पूर्ण आशाबादी रहेको समेत बताएका छन् | साथै पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान प्रति आभार व्यक्त गर्दै भविष्यमा हुने प्रतियोगितामा स्वर्ण पदकको शुभकामना व्यक्त गरेकाछन | 

उक्त सम्मान कार्यक्रम अमेरिकाको न्युयोर्क स्थित सन् २००७ मा स्थापित नेपालीहरुको पहिलो र एकमात्र कराते डोजो अन्तर्राष्ट्रिय मार्शल आर्ट संघले आयोजना गर्न पाउनु गौरव्को बिषय भएको अन्तर्राष्ट्रिय मार्शल आर्ट संघका मुख्य प्रशिक्षक तथा अध्यक्ष शान्त थोकरले बताउनुका साथै स्थापना कालदेखि उक्त डोजोका खेलाडीहरु अमेरिकी कराते महासंघको  आयोजनामा हुने विभिन्न स्थानिय, क्षेत्रियस्तर, राष्टिय, र यु एस ओपन जस्ता प्रतियोगितामा सहभागि भै सफलता हासिल गरिसकेको पनि बताएका छन्। उक्त समारोहमा २४ जना जुनियर खेलाडीहरुको वेल्ट टेस्टमा सम्मानित प्रशिक्षक देबेन्द्र अमात्य समेतले भूमिका निर्भाह गर्नुभएको थियो ।

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.