युएइमा शिक्षा र स्वास्थ्यका कुरा
प्रवीण खनाल,दुबाई / युएइमा विभिन्न संघ सस्थाले एकल प्रयासमा नेपालको शिक्षा र स्वास्थ्यमा सहयोग गरिरहेको युएइमा रहेका सम्पूर्ण संघसस्थाले एकाब्ध भएर के कसरी देशमा सम्न्धित बिषयमा सहयोग गर्न सकिन्छ भनेर युएइमा प्रवासी नेपालीहरुले देशको शिक्षा र स्वास्थ्यमा खेल्ने भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम मे २४ तारिक दुबइको बरदुबईमा एक सहयोग समितिले आयोजना गरेको छ ।
दुवै मिर्गौला पिडित भई जीवनमरणको दोसाधमा रहेका झापा दमक १० घर भएका आशिष खनालको सहयोगार्थ गठन भएको आशिष उपचार सहयोग समितिले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । आयोजक समितिका संयोजक त्रिलोचन कोइरालाले बताए अनुशार एक ब्याक्तिको सहयोगका लागि समिति गठन गरिएको भएपनि सम्पूर्ण संघ सस्था बुद्धिजिबी समाजसेबिहरुको सल्लाहामा देशको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने गरि सस्थागत बनेर अगाडी बदन आवसेक रहेकोले अन्तरक्रियाको आयोजना गरिएको हो ।
संयोजक कोइरालाले कार्यक्रममा सहभागी भएर आफ्नु राय सल्लाह दिएर आफ्नु देशमा कसरि सहयोग गर्न सकिन्छ छलफलमा सहभागी भईदिन युएइमा रहेका सम्पूर्ण संघ सस्थाका प्रमुख , बुद्धिजिबी समाजसेबि ,पत्रकार कलाकार ।ब्यापारी एबम सर्बसादारणमा अपिल गरेका छन । कार्यक्रम अपराहन ३ बजेदेखि सिन्धपन्जाब होटलमा गरिने आयोजकले बताएको छ ।
हामीले रोजगारी बाट कमाएको केहि रकम मानबता ,समाज एबम देशको परिबतनका लागि नीसंकोजका सहयोग गर्नु पर्ने आयोजक समितिका आर्थिक संयोजक हरि खनाल बताउदै यो अन्तरक्रियाबाट युएइबाट नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने निस्वार्थ अबियान संचालन हुने खनालको बिश्वाश छ ।
समितिले आशिषको उपचारकालागी आर्थिक रकम संकलन गरि पिडित परिवारलाई सहयोग अनियान चलाएको छ ।समितिका सदस्य मोहन नेपालले आशिषको उपचारकालागी ठुलो रकम लाग्ने हुदा युएइमा रहेका संघ सस्थालाई जाति , राजनीति भन्दा मनबताका लागि सहयोग गर्न अनरोध गरेका छन । मिर्गौला पिडित खनाल युएइको एक सुपरमार्केटमा कार्यरत हुदा हुदै बिमारी उपचार गर्न नेपाल पुगेपछि मात्र दुवै मिर्गौला खराब भएको थाहा भएको पीडितका परिवारले बताए ।
![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.