पछिल्ला सामग्री :
‘के थियो’ ‘के भयो’ र ‘के होला’

के थियो :
नेपालको इतिहासमा लिच्छविकालीन समयलाई स्वर्ण युग मात्र नभई निकै महत्त्वका रूपमा हेरिन्थ्यो, नेपालमा झण्डै ई. २०० मध्य संगारमा लिच्छिवी प्रवेश गरेको अनुमान छ, किराँतीहरूलाई पराजित गरी शासनको बागडोर आफ्नो हातमा लिएका थिए, मानदेव राजाको शासन काललाई स्वर्णयुगको रूपमा लिइन्थ्यो ।

मल्लकालीन इतिहास पनि ऐतिहासिक भएको कुरा इतिहासमा उल्लेख छ, १२५८ वि.स.देखि नै प्रारम्भ भइसकेको कुरा सबै वितिदै छ,नेपालको इतिहासको अध्ययन गर्दा नेपालमा शाह वंशीय परम्पराको थालनी राजा कुलमान शाहबाट प्रारम्भ भएपनि आधुनिक नेपालको शाह वंशिय परमपराको जन्म भने वि.स. १६१६ मा गोर्खाका राजा द्रव्य शाहबाट भएको देखिन्छ, शाह कालीन नेपालको सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक विषेशताहरूको अध्ययन गर्दा म्ृलत: दुई भागमा अध्ययन गर्न सकिन्छ, पहिला द्रव्य शाह देखि राजा नरभूपाल शाहसम्मको गोर्खा राज्यहरू र दोस्रो श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्म देखिन्छ ।

आधुनिक नेपालको शाह वंशिय राजा पृथ्वी नारायण शाहका सम्बन्धमा अनौठा घटनाहरू पनि जोडिएको पाइन्छन । पृथ्वी नारायण शाह ७ महिनैमा जन्मीएका थिए, उनी गर्भमा रहँदा राजमाता कौशल्यावतिले राती सपनामा स्ृर्यलाई निलिरहेको सपना देखिकि थिईन भने बालक अवस्थामा छदाँ गोरखानाथ बाबाले जोगीको भेष बदलेर जुठो दहि खान दिदाँ पोखिएर खुट्टामा खसकोले तिमी हिडेको ठाउँ जति तिम्रो राज्य हुनेछ भनेर गोरखनाथ बाबाले भनेको कुरा पनि सुन्न पनि पाईन्छ । २० वर्षकै कालिलो उमेरमा नेपालको राज्यको बागडोर समाल्न सफल राजा पृथ्वी नारायण शाहले ससाना छरिएर रहेका राज्यहरूको एकिकरण गरी सिंगो राष्ट्रको झण्डामूनि राख्ने कार्य गरेका थिए । कुटिल राजनिति र सफ कुटनितिहरूको रुपमा उतिनै चर्चित पृथ्वी नारायण शाहले नेपाल राज्यलाई सवल बनाई विदेशी सामराज्यवादी शक्तिको दृष्टिबाट अलग राखेका थिए । उहाँका उपदेशहरू पनि प्रेरणाको स्रोतको रुपमा रहेको पाइन्छ । दिव्य उपदेशका खानी पृथ्वी नारायण शाह वाणीहरू कुल धर्म छाड्न नहुने, जनताहरू स्वाभलम्भी हुनुपर्ने, स्वदेशीलाई प्रोत्सान, विदेशीको भर पर्न नहुने, दुई ढुङ्गा विचमा रहेको तरुल आफ्नो स्वतन्त्र निति अपाउन नसके भने यसको स्वतन्त्र शक्ति हटाउँछ, अन्य मान्यता,सिपाही र रैतिलाई राज्यका आधारका रुपमा हेर्नुपर्ने राजा र प्रजा बिचको सम्बन्ध कायम गर्नुपर्ने, रैति र सिपाहीलाई मिलाई राख्नुपर्ने खानी भएका ठाउँमा गाउँ/वस्ती भए वस्ती सारी खानी चलाउनुपर्ने, खेती योग्य जग्गामा घर भए घर अन्यत्र सारी खेती गर्नुपर्ने, विदेशी नाच हेर्न नहुने आदी उपदेशहरू पनि इतिहासका पानापानामा कारीएका छन् ।

यस पुण्य भ्ृमिमा हाम्रा राष्ट्रिय विभूतिहरूले जन्म लिएको केही सार्थक्ता देखिन्छ ,नेपाली धर्तीमा जन्मनु भएका महापुरुष राजा जनको नाम अत्यन्थ श्रद्धाका साथ लिईन्छ, सत्य निष्ठ र कर्तव्यनिष्ठ राजाको रुपमा प्रसिद्ध थिए । उनी ठूला विद्धान र आत्मज्ञानी भएको उनी सँगै ज्ञान सिब्न आउनेको भिड हुन्थ्यो, उनका उपदेशहरू प्नि त्यतिकै सार्थक छन्, कसैले कसैलाई थिचोमिचो नगर्नु , एक अर्कामा सहयोगीको भावना राख्नुपर्ने सबै मिलेर काम गर्नु, कसैले कसैबाट अनुचीत फाईदा उठाउन नहुने साना ठ्ृला विच भेदभाव राख्न नहुने जस्ता उपदेशहरू अझै पनि इतिहासका पानाबाट मेटीएका छैनन् ।

मिथिला नरेश जनकको सुपुत्री आदर्श पुरुष मर्यादा पुरुषोतम श्री रामकी धर्मपत्नी, आदर्शनारीको प्रतिम्ृर्तिको रुपमा सदा अम्मर रहेकी सीताले १४ वर्ष सम्म राजसी सुख सयल त्यागी वाध्यता विना रामको साथमा प्रतिव भई कष्टप्ृर्वी वसोवासको जीवन विताएकी एक मात्र नारी हुन जो यस धर्ती को वालमिकी आश्रम, चितवन,त्रिवेणीमा पातल प्रवेश गरिकी थिइन, उक्त स्थलमा श्री बिश्व सनातन धर्म स्थापनार्थ मूल समितिले बिशाल माता सीताको मन्दिर निर्माण गरिसकेका छन्, जहाँ आज हिन्दू धर्मवलम्बीहरू सीतालाई लक्ष्मीमाताको रुपमा विधिपूर्वक पूजा आर्चना गर्दछन् ।

राजा शुद्धोधन र माता मायादेवीको पूत्र गौतम वुद्ध जसले यस पुण्यभ्ृमिमा जन्म लिएका थिए, राजपरिवारमा जन्म लिएका वुद्धको ५ दिन नपुग्दै उनकी आमाको स्वर्गरोहण पछि सौतनी आमाको न्यानो पालन पोषण भए पनि संसारिक सुख सुविधाभन्दा सत्यको खोजिमा हराउन मनपराउने गौतम बुद्धले २९ वर्षकै उमेरमा राजप्रसादलाई त्यागेर तिलौटाकोट बाट सत्य र ज्ञानको खोजीमा हिँडेका थिए, उहाँका उपदेशहरू ‘सधै साँचो कुरा बोल्नु, लोभी नहुनु, अर्काको माल नचोर्नु, ठ्ृलाको आज्ञा पालना गर्नु, सबै प्राणीलाई दया गर्नु ,शुद्ध आचरणमा बस्नु,साना भनेर कसैलाई हेलामा नगर्नु,हिंसा नगर्नु आदि थुप्रै उपदेशहरू छन्, शान्तिका पुजारी, शान्तिको दर्शनका प्रेणात गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छन् ।

त्यसैगरी अंशुवर्मा, अरनिको,रामशाह, वीर बलभद्र कुँवर , अमरसिंह थापा, भिमसेन थापा, आदिकवि भानुभक्त, कवि मोतीराम भट्ट, श्री ५ त्रिभुवन राष्ट्रिय विभ्ृतिको रुपमा लिन सकिन्छ ।

प्राकृतिक सम्पदाले सम्पन्न देश, नेपाल प्राकृतिक सम्पदा देशको रुपमा चिनिन्छ, प्राकृतिक स्रोत नै प्राकृतिकको महत्त्वप्ृर्ण देश हो, नेपाल भ्ृपरिवेष्ठित मुलुक भएपनि प्रचुर मात्रा अलग सम्पदान छन् । विश्वकै सबैभन्दा नेपाल जलस्रोतका धनी दोस्रो देशको रुपमा रहेपनि एसियाको पहिलो राष्ट्र हो । नेपाल जलस्रोतले सम्पन्न राष्ट्रले, त्यसैगरी खनिज सम्पदामा पनि नेपालमा उपलब्ध प्राकृतिक साधनहरू मध्य पनि एक प्रमुख सम्पदाका रुपमा लिईन्छ नेपालमा विध्यमान प्राकृतिक स्रोतहरूमध्य वन साधन पनि एक महत्त्वप्ृर्ण स्रोत हो हरियो वन नेपालको धन भन्ने नारा नै चलेको थियो ।

शान्तिको देश भनेर चिनिने एकमात्र हिन्दू (आर्य) आर्य राज्यको रुपमा इतिहास कालदेखि नै परिचित देश नेपाल नै हो, नेपालमा बस्ने झण्डै २,६३,७०,८०९ मध्य करिब ८०.६ हिन्दू,१०.६ वौद्ध ४.२ इस्लामी, किराँती ५.६ अन्य धर्म मान्ने ९ भने धर्ममा आस्था राख्ने थुप्रै मानिसहरू नेपालमा बस्दै आई रहेका छन्, यिनीहरू विच धर्ममा कुनै किसिमको भेदभाव छैन । श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाललाई चार जात छतिस वर्णको साझा फ्ृलबारीको रुपमा लिई बसेको थियो नेपाल हिन्दू राष्ट्र भएकै कारणले गर्दा नेपाललाई मन्दिरै मन्दिरको देश, सगरमाथाको देश, हिन्दू राष्ट्रको देशले विश्वभर परिचित एक मात्र मुलुक नेपाल हो ।

के भयो :
शान्तिको पुण्यभूमिमा जताततै पिपाशुहरूले खेलेको खेल र फिजाएको जालो हो नेपाल आर्य राष्ट्रले विदेशी ईशारामा चहलचेख खेल्न खोजी आफ्नो आर्य राष्ट्रलाई निमीट्याम पर्नु, यी सवै कारण धर्म विनासको कारणले गर्दा भएको हो । मानिसले जस्तो किसिमको कर्म गर्दछ त्यस्तै किसिमको फल प्राप्त गर्दछ । यो आर्य मुलुक हो धर्म विरोधी नास्तीक स्वदेशी तथा विदेशीहरूको चलखेल बढ्दै गयो, हिन्दू राष्ट्रको अस्तित्व मेटीदै गयो, सत्ताको पिपासुहरू आफ्नो धर्मलाई विदेशिको गुलामी गरी धर्म निरपेक्ष राष्ट्रको रुपमा रातारात घोषणा गर्ने सफल भए, विदेशी ईशारा र चलखेलमा अर्वपति बन्ने सपना देखेका रक्त पिचास परजिवीहरूले अकालमै हिन्दूराष्ट्रलाई मेटाउन दुस प्रयास गरिरहेको छन् । देश र जनताको विकासलाई कुठारघात गरि वर्से च्याउ उम्रेसरी उम्रेका अरसम पाटीका नाइके दलालहरू बीच राजनैतिक खिचातानीले झनै नेपालको मानमर्यादा इज्जत पनि हटाउँदै गयो । जसको शक्ति उसको भक्ति भने जस्तै हिंसा हत्या वा राक्षेसी प्रकृतिको हावा भयो, नेपाली नेपाली बीच बैमन्स्यताको खाडलको दुरी बढ्दै गयो । नेपाली जनतामा पलायका झिनामिना आशाका किरणहरू प्नि सम्बोधन सभाको गर्भआवसन भित्री तुहिनाले झनै विलाएन भएर गए ।

शान्तिको देश आज हिंसा र महाभारतमा परिणत भयो । नेपाली जगतको अवस्था दिनानु विग्रदै गयो, दलिय र पाट्रीगत स्वार्थमा लागेका नाईकेहरूको राक्षसी प्रविती दिनानु बढ्दै गयो, भएका संरचनाहरू पनि ध्वस्त भए, ‘भाईफुटे गुहार लुटे भने जस्तै विदेशी शक्तिको प्रलोभनमा परी, दुश्मनसँगै मित्रता गाँसी नेपाल र नेपाली हिन्दूराष्ट्र माथि कुठाराघात गर्ने षड्यन्त्र भई नै रहो, धन्न आफूलाई नेपाली भनि चिनाउने खलनायकहरूले इतिहासकाल देखि चलिआएको रितिरिवाज धर्म संस्कृती,मुल्य,मान्यता परमपरा र यस पुण्य भूमिमा तारकासुर, वकासुर भई राज्य गर्न थाले, आखिर नेपाली जन्ताले के पाए, आफ्नो ज्यानको वलिदान दिएर सिंगो राष्ट्र निर्माण गर्न देखेको सपना सपनामा नै सिमित भयो ।

 के होला :
२०७० सालको आगमनदेखि नयाँ युगको सुरुवात हुनेछ देशले काँचुली फेर्नेछ ,नेपालीको गौरवमय इतिहास पूर्ण सावित हुनेछ, संसारमा हिन्दू नेपाल राष्ट्रको पहिचान पुन इतिहासका पानापानामा लेखिने छ, स्वतन्त्र बहुदलिय व्यवस्था सहितको राजतन्त्रातमक शासनको पुन आगमन हुनेछ, स्वतन्त्र न्याय कार्य र व्यवस्थापिकाको आरम्भ हुनेछ, झुपडी देखि महलसम्म, गाउँदेखि सहर सम्म सबैलाई समान व्यवहार लागु हुनेछ, हरेक नेपालीले आफ्नो जिवन र आफ्नो प्रत्याभूति पाउने छ, शान्ति र सुरक्षालाई कडाका साथ परिचालन गरिने छ ।

देशमा रोजगारीका अवसरहरू पैदा गर्न गाउँदेखि सहरसम्म आर्थिक /औद्योगीक क्रान्तिलाई सवै नागरिकहरू आत्मनिर्भर स्वाभलम्ब हुनेछन, महँगी र भ्रष्टचारलाई जरै देखि नियन्त्रण गरिने छ । विपन्न वर्गहरूको उत्थानको लागि आयआर्जन सिपमूलक वैज्ञानिक शिक्षाको सुरुवात हुनेछ । सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रलाई वढी प्रोत्सान दिईनेछ र कृषि क्षेत्रमा आमुल परिवर्तन गरिने छ, नेपालमा भएका प्राकृतिक सम्पदाको खोजी संरक्षण र प्रयोगमा ल्याईने छ । हरेक नागरिकलाई संरक्षक/साक्षार नागरिक बनाईन्ने, छिमेकी सबै राष्ट्रहरू वीच एतिहासिककाल देखि रहँदै आई रहेको भाइचारको सम्बन्ध पुन सदभावपूर्व कायम हुनेछ । शान्ति सुरक्षामा खटिएका राष्ट्र रक्षकहरूको परिचालन र व्यवस्थापन वैज्ञानिक ढंगबाट देश प्रति समर्पित बनाईने छ । दण्ड सजाय र जरिवाना समान रुपमा सबैमा लागू गरिनेछ, राष्ट्र निमार्णमा हरेक नागरिकको भूमिका ,काम,कर्तव्य र दायित्व सुम्पीनेछ,पाटीगत दलिय स्वार्थको पूर्ण रुपमा अन्त्य गरिनेछ, नेपालीहरूको शिर सधैं ठाडो पारी नेपाली भएर आफ्ना राष्ट्रमा स्वतन्त्ररुपमा बाँच्ने अधिकार सबैलाई दिइने छ,नेपाल अधिराज्यभर सबै वर्ग क्षेत्रलाई एउटै मालामा गाँसिनेछ । देश व्यापी सिप मुलक रोजगारीमूलक आयआर्जनको कार्यक्रम अवलम्बन गरिनेछ ।
– यामराज थानी, वीरेन्द्रनगर–१, सुर्खेत
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.