माधव नेपालले भने, ‘थप रहस्यमय बन्यो दासढुंगा, हत्या माओवादीबाटै भएको हो’
चितवन/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अमर लामाको हत्या एकीकृत नेकपा माओवादीभित्रैका व्यक्तिबाट भएको भन्दै दासढुंगा घटना थप रहस्यमय भएको बताउनुभएको छ ।
नेकपा एमाले चितवनले आज मदन–आश्रिी दुर्घटनास्थल दासढुंगामा आयोजना गरेको २०औँ स्मृतिसभालाई सम्बोधन गर्दै नेता नेपालले घटनाको एउटै जिउँदो जवाफको हत्या किन गरियो यसको जवाफ एकीकृत नेकपा माआवादीले दिनुपर्ने बताउनुभयो ।
नेता नेपालले नेताद्वयको सवारीचालक अमर लामालाई जानीजानी हत्या गरिएको बताउदै भन्नुभयो, ‘त्यो हत्या गर्ने व्याक्तिहरू अहिले एकीकृत नेकपा माओवादीमा छन् भन्ने सुन्नमा आएको छ ।’ उहाँको प्रश्न थियो, ‘त्यसको पछाडिको कारण के–हो माओवादीले नै जवाफ दिनुपर्छ ।’ अमर लामा जीवितै हुँदा रहस्य खुल्ने भएकाले हत्या गरिएको दाबी गर्दै उहाँले घटनालाई लुकाउन लामाको हत्या गरिएको दाबी गर्नुभयो ।
सरकारी, आफ्नै पार्टिको र जनस्तरमा घटना अनुसन्धानका लागि आयोग बने पनि दोषी पत्ता लाग्न नसक्नु दुख:द भएको बताउँदै नेपालले दोषी पत्ता लगाई कारबाही गरेरै छाड्ने बताउनुभयो । भण्डारीको विचारलाई लिएर एमाले अघि बढेको बताउँदै उहाँले नेपाली जनताले एमालेबाहेक अन्य दलहरूलाई विश्वास नगर्ने बताउनुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.