पछिल्ला सामग्री :
चीनमा बाढीको प्रभाव

एजेन्सी/ चीनमा भारी वर्षापछि आएको बाढीका कारण सिचुवान प्रान्तका अधिकांश घर डुबानमा परेका छन् ।

बाढीका कारण सयौँ मानिस प्रभावित भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लेसान नदीको बाढी बस्तीमा पस्दा सयौँ घरवारविहीन बनेका हुन् । बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

बाढीले कैयौँलाई बेपत्ता पारेको छ भने ठाउँ–ठाउँमा सवारीसाधनहरू पुरिएका छन् । बाढीको वेगका कारण उद्धार कार्य कठिन बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छज् । चीनमा प्रत्येक वर्ष बाढी पहिरोका कारण हजारौँको मृत्यु हुने गरेको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.