पछिल्ला सामग्री :
प्रमुख दलमै विवाद आएपछि...‘प्रचण्डको बोलीको ठेगानै भएन रे’

काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पोडेलले चुनावी सरकार गठन गर्दा चार दलबीच भएको सहमतिभन्दा अर्को विषयमा आफ्नो पार्टी जानै नसक्ने बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था गर्ने विषयमा सबै दलले सहमति जनाएपछि मात्र निर्वाचनको प्रक्रिया अगाडि बढेको भन्दै अब कुनै पनि हालतमा भएको सहमति फेर्न नहुने बताउनुभयो ।

उपसभापति पौडेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीको कुनै ठेगान नभएकाले पनि सहमति कार्यान्वयन गर्न समस्या आएको दाबी गर्नुभयो ।

यता मधेसी मोर्चाका नेता महेन्द्र यादवले भने थ्रेसहोल्डको व्यवस्था खारेज गरी पहिले भएको संविधानसभामा भएको व्यवस्थाअनुसार ६ सय एक संख्यामा नगए निर्वाचन सम्भव नहुने बताउनुभयो ।

प्रमुख चार राजनीतिक दलहरूबीचमा नै यसअघि भएको सहमतिमा पुन: विवाद आएपछि संविधानसभाको निर्वाचनको मिति तोक्ने विषय थप जटिल बन्दै गएको छ । निर्वाचनका बाँकी विषयलाई सहमतिमा लगेर तत्काल निर्वाचनको मिति घोषणा गर्न दलहरू छलफलमा जुटे पनि संविधानसभामा दलहरूले प्राप्त गर्नुपर्ने न्यूनतम मत र सदस्या संख्यामा दलहरू पुन: विभाजित भएका छन् ।

एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा अघिल्लो संविधानसभाकै व्यवस्था कायम गर्नुपर्ने पक्षमा देखिएका छन् भने कांग्रेस र एमाले अन्तरिम सरकार गठन गर्दा चार दलबीचमा भएको सहमतिअनुसार जानुपर्ने अडानमा बसेपछि प्रमुख दलकै बीचमा विवाद देखिएको हो ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दले आफूहरूले अन्तरिम संविधान र गणतन्त्र स्विकार गरेरै पार्टी एकताको प्रक्रिया अघि बढाएको बताउनुभएको छ । नेता चन्दले आफूहरू गणतन्त्रवादी नभए पनि पछिल्लो राजनीतिक परिवर्तनले ल्याएको व्यवस्थालाई स्वीकार गरेको बताउनुभयो ।

धर्मका विषयमा भने आगामी महाधिवेशनले टुंगो लगाउने भन्दै अन्तरिम संविधान र गणतन्त्रका विषयमा भने पार्टीभित्र कुनै विवाद नभएको उहाँको भनाइ छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.