टुप्पीमा झुन्डिएर प्राण त्याग्ने शैलेन्द्रका भित्री कुरा ! (फोटो फिचर र भिडियोसहित)
शैलेन्द्रनाथ रोयले आफ्नो कपालको मद्दतले टिस्टा नदी पार गर्ने समयमा उनलाइ मर्छु भन्ने कहिल्यै लागेको थिएन । कैयौँ रेकर्ड बनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल शैलेन्द्रको अर्को एक रेकर्ड बनाउने क्रममा केही दिनअघि निधन भयो ।
रेकर्ड बनाउन सोखिन शैलेन्द्रका लागि नयाँ रेकर्ड बनाउनु कुनै नौलो कुरा थिएन । स्टन्टम्यान शैलेन्द्रनाथ करिब तीन वर्षको हुँदा उनका बुबाको निधन भएको थियो । उत्तर बंगालको कचियाबाडी क्षेत्रमा स्थायी घर भएका शैलेन्द्र तथा उनको परिवार पछि सिलगुढीको देशबन्धुपुरामा बसाइँ सरेको थियो । शैलेन्द्रले औपचारिक शिक्षा भने हासिल गरेनन् । चार दाजुभाइमध्ये शैलेन्द्र साहिँला थिए ।
करिब ३५ वर्षअघि शैलेन्द्रले सरस्वतीसँग विवाह गरे । शैलेन्द्र दम्पतीका दुई छोरा र एक छोरी छन् । उनका तीनै सन्तानको विवाह भइसकेको छ । विवाह गर्नुपूर्व शैलेन्द्रलाई उनकी छोरीले घरमै अनौपचारिक शिक्षा दिएकी थिइन् । शैलेन्द्र पेसाले प्रहरीका ड्राइभर हुन् ।
स्टन्टको सुरुवात
सन् २००२ मा डिस्कभरी च्यानलमा केही स्टन्टका दृश्य देखेपछि उनमा त्यसप्रति रुचि बढ्दै गयो । त्यसपछि उनले कपाल पाल्न सुरु गरे । कपाल पालेका कारण उनले कैयौँपटक श्रीमतीको गालीसमेत खानुपरेको थियो । प्रारम्भमा उनले घरमै अभ्यास गर्थे । अभ्यासका क्रममा उनी चुल्ठो बाँधेर झुन्डिन्थे भने कहिले चुल्ठोको मद्दतले वजन उठाउँथे ।
२००१ मा पहिलोपटक उनले आफ्नो जँुगाको मद्दतले २० किलोग्रामबराबरको वजन उठाए । २००२ मा उनले चुल्ठोको मद्दतले आफैँले चलाएको गाडी घिसारेपछि उनको कार्यको चर्चा हुन थाल्यो । त्यसपछि उनका साथीले उनलाई चुल्ठोको मद्दतले थप वजन उठाउन प्रेरित गरेका थिए ।
प्रदर्शन
शैलेन्द्रले देशका कैयौँ स्थानमा स्टन्ट दिन थाले । त्यसपछि उनले विश्वका कैयौँ देशमा गएर आफ्नो कला प्रदर्शन गरे । २००३ मा उनले आफ्नो चुल्ठोमा चेन बाँधेर एउटा ट्रक तथा बस घिसारे । २००८ मा उनले चुल्ठोको मद्दतले खेलौना रेल घिसारेपछि उनी थप प्रख्यात बने । २०११ मा उनले दक्षिण कोरियाको राजधानी सियोलमा जुँगाको मद्दतले भारी वजन उठाए । त्यसैगरी २०११ मा चुल्ठोको मद्दतले जमिनभन्दा ७५ फिट माथि डोरीमा झुन्डिएर दुई सय ७० मिटर दूरी पार गरे ।
२०११ मा रोय गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भए । यस रेकर्डका लागि उनले राजस्थानको निमराना प्यालेसबाट दुई सय ७० फिट दूरी आफ्नो चुल्ठोमा चेन बाँधेर पार गरेका थिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.