पछिल्ला सामग्री :
थुइक्क पाँच वर्षीयालाई पनि नछाड्ने...


सिरहा/ देशभर यौन अपराधका घटना बढिरहेका वेला सिरहामा अर्को एउटा जघन्य यौन अपराधको घटना सार्वजनिक भएको छ । जुन सुन्दा पनि लाजमर्दो छ । सिरहाको सोनमती मझौरा गाविसकी एक पाँच वर्षीया बालिकालाई ५० वर्षीय एक नरपिचासले बलात्कार गरेका छन् ।

ती अवोध बालिकालाई सोही गाविस–६ बस्ने ५० वर्षीय मोहमद रुदल भनिने मोहमद युसुफले ८ जेठको राति ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएको छ । पीडित परिवारका अनुसार सो दिन राति खाना खाएर सुतेकी बालिकालाई युसुफले उनी सुतेकै कोठामा गएर बलात्कार गरेका हुन् ।

बालिकाकी आमाका अनुसार सुतेको कोठामै अचेत रहेको र योनीबाट रगत बगेको देखेपछि तत्कालै छिमेकीलाई जानकारी गराइएको थियो । छिमेकी जम्मा भएपछि आरोपी युसुफ फरार भएको स्थानीयले बताएका छन् ।

बालिकालाई ९ जेठको बिहानमा सामान्य उपचार गराएको र ठीक नभएपछि बिहीबार बेलुका लहान अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचार सम्भव नभएपछि लहान अस्पतालले बालिकालाई बिपी प्रतिष्ठान धरान रेफर गरेको छ, तर, पीडित परिवारले बालिकालाई घरमै राखिरहेका छन् ।

बालिकालाई स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल सिरहा पठाइएको र घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरी आरोपीको खोजी भइरहेको वडा प्रहरी कार्यालय लहानका डिएसपी हरिराज वाग्लेले बताउनुभयो ।

शुक्रबार बिहान सिरहाका अधिकारकर्मीको टोलीले घटनास्थलको अनुगमन गरेको छ । अनुगमन गरेर फर्केकी हेमा कार्कीका अनुसार बलात्कारजस्तो अपराधको घटनालाई गाउँमा मिलाउने प्रयास भइरहेको छ । यस्तै, पीडित परिवारले बिहीबार नै जानकारी गराए पनि प्रहरीले चासो नलिएको मानवअधिकारकर्मीको आरोप छ ।

६ महिनादेखि आफ्नो पक्की घर बनाइरहेकाले बालिकाको परिवार वडा नम्बर–६ स्थित युसुफकै घरमा बस्दै आएको थियो । युसुफकै घरमा सुतेका वेला बालिका बलात्कृत भएकी हुन् ।
तस्वीर गुगलबाट लिइएको हो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.