पछिल्ला सामग्री :
भरत यसरी खिच्छन् तस्वीर (फोटो फिचरसहित)










काठमाडौं/ दैलेख कट्टिका भरतबन्धु थापा हरहमेसा नेपालका कुना कन्धरा घुमीरहेका हुन्छन् । उनी भन्छन् कुनै तस्वीर खिच्नुअघि ‘घर बनाउनुअघि इन्जिनियरले नक्सा बनाएजस्तै हो तस्वीर खिच्नु ।’ झन्डै एक दशकदेखि फोटो खिच्न थालेका भरतबन्धु ‘फोटो खिच्नुअघि सम्बन्धित दृष्यको फरक कोणबाट तस्वीर जन्माउन सक्नु नै तस्वीरको अर्थ रहने बताउँछन् ।’

सुरुमा सोखले फोटा खिच्न थालेको भरतबन्धु अहिले त्यसलाई पेसा बनाउँदै गएका छन् । सोखले नै उनलाई यहाँसम्म पुयायो । सुरुआतमा समचार संकलनका लागि तस्वीर कैद गदै गएका थापा अहिले पर्यटन तथा हिमाजी जनजिवनका तस्वीर कैद गर्दछन् । नेपाल जता हेऱ्यो त्यतै सुन्दर छ त्यसकारण नी हाम्रा तस्वीर राम्रा भएको तर्क राख्दछन् ३४ वर्षीय थापा ।

माल पाएर पनि चाल नपाएकोजस्तो छ पश्चिम नेपाल । पर्यटकीय सम्भावना प्रचुर भए पनि पर्यटकीय हिसाबले लगभग शून्य जस्तै छ पश्चिम नेपाल । यही कुरालाई उजाग गर्न उनले आफ्नो दश वर्षसम्म लगाएर कैद गरेका पश्चिम नेपालका तस्वीरहरूको सग्रक वाइल्ड वेस्ट नेपाल अ पिक्टोरियल जर्नी नामक पुस्तक सार्वजनिक गरेका छन् । जेठको पहिलो साता सार्वजनिक गरिएको पुस्तकमा पश्चिम नेपालको पर्यटकीय स्थलका जानकारीसहित तस्वीरहरू रहेको छ ।

केही वर्षअघि उनले ऋण गरेर एक लाख बढीको निक्कोनको डी ९० जोडे । भन्छन्, ‘फोटो हेर्दा पाठकको आँखा नबिझाओस् ।’ सोखसँगै रुची र लगाव थपिएपछि उनले फोटो र फोटोपत्रकारिताबारेका दर्जनौं पुस्तक पढिसके । पुस्तकमात्र होइन, इन्टरनेटमा बसेर उनी फोटोको माध्यमबाट विश्वभ्रमण गर्छन् । ‘कुनै फोटो किन यति आकर्षक, जीवन्त र बिकाउ भयो, म त्यसको अध्ययनमा लाग्छु’, थापा थप्छन्, ‘पहिले फोटो रमाइलोका लागि हेर्थें, क्रमश: सूचनाका लागि र अहिले त्यस्तै सर्वोत्कृष्ट फोटो खिच्न सकूँ भनेर हेर्छु ।’

थापाले समाचारीय मूल्यको उत्कृष्ट लागेको स्मरणीय पहिलो फोटो खिचेका थिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको । त्यसबेला दोस्रो जनआन्दोलन चलिरहेको थियो । उनी पनि पुगे, रत्नपार्क । उनले अन्य नेतासँगै सडकमा बसिरहेका कोइरालालाई प्रहरीले लाठीचार्ज गर्दा घाइते भएको फोटो खिच्न भ्याए । सोही समयमा अर्को अविस्मरणीय र उत्तम फोटो खिचे उनले भक्तपुरबाट काठमाडौं जुलुस गइरहेको । अरनिको राजमार्ग खण्डमा करिब एक किलोमिटर लामो सडकको जुलुस समेटिएको त्यो फोटो पनि प्रसंशनीय रहेको उनको भनाइ छ ।

उनले एउटै फोटोका लागि बिहान ५ बजेदेखि एक्लै डाँडामा दिनभरसमेत बसे । राराको पूर्ण तस्वीर खिच्न उनले विहान ४ बजे देखिने रारा ताल बाट मुर्माटपतिर गएको स्मरण निकै कष्टकर भएको बताए । घना जंगलबीच भएर जानुपर्ने सो स्थान जंगली जनावरको पनि निकै डर भएको बताए । जब राराको मुर्माटपमा पुगे अनि शत्रु बन्यो बादल । कति वेला बादल फाट्ला र अनि तस्वीर कैद गरौँला भनेर दिनभर भोकै मुर्मा टपमा बसे । एकजना साथीसहित मुर्मा पुगेका थापा दिनभर कुररे साँझतिर मात्र तस्वीर कैद दिनभरको पीडा बिर्सिएको बताए ।

पुस्तकका नेपाली भाषाको पहिलो अभिलेख दैलेखकको दामपुपालको अभिलेख, सबैभन्दा ठूलो ताल रारा ताल, गहिरो फोक्सुन्डो ताल, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हुम्लाको सिमिकोट, दोस्रो लुम्बिनीका रूपमा प्रख्यात कांक्रेविहार, बाघको लागी प्रख्यात बर्दिया, नेपाली भाषाको उद्गम थलो जुम्ला खप्तड, शुक्लाफाँटलगायतका पश्चिम नेपालका जिल्लाहरूको तस्वीर समेटिएको छ ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.