पछिल्ला सामग्री :
रिलमा रियल बुढाबुढी (फोटो फिचरसहित)





एजेन्सी/ पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोन पर्दामा पनि सँगै देखिने भएका छन् । हाल गोवामा छायांकन भइरहेको ‘रागिनी एमएमस–२’मा सन्नी र उनका पति डानियल वेबरसँगै काम गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबरसँगै सन्नीले बलिउडमा फेरि तहल्का मच्चाएकी छिन् भने फिल्मको चर्चा पनि ह्वात्तै चुलिएको छ । यद्यपि फिल्ममा सन्नी डालियलको अपोजिट रोलमा नहुने बताइएको छ ।

कैजद कुस्टाडले निर्देशन गरेको ‘रागिनी एमएमस २’मार्फत डानियलले सन्नीसँगै बलिउडमा डेब्यु गर्ने आफ्नो चाहना पूरा गरेका छन् । स्रोतका अनुसार पोर्न उद्योगका चल्तीका स्टार डानियल लामो समयदेखि सन्नीसँगै हिन्दी फिल्ममा काम गर्ने ध्याउन्नमा थिए ।

हालैको एक अन्तर्वार्तामा सन्नीले भनेकी छिन्, ‘धेरै बलिउड फिल्ममेकरले डानियललाई प्रस्ताव गरिरहेका छन् । र, यो खुसीको कुरा हो कि हामी हामी पहिलोपटक एकैसाथ देखिने भएका छौँ ।’

सन् २०११ को हरर फिल्म ‘रागिनी एमएमस’को सिक्वेल ‘रागिनी एमएमस–२’लाई बालाजी मोसन पिक्चर्सको ब्यानरमा एकता कपुर र शोभा कपुरले निर्माण गरेका हुन् । चलचित्र आउँदो अक्टोबर ११ मा रिलिज हुँदै छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.