पछिल्ला सामग्री :
बाघको आक्रमणमा दुईको मृत्यु

चितवन/ चितवनको गीतानगर–४ देवनगरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् ।

आक्रमणबाट गीतानगर–४ देवगनरका अन्दाजी ७५ वर्षीय हनुमन्त सार्की र गीतानगर–१ उजेलीनगरका अन्दाजी ४० वर्षीय लालबहादुर आलेमगरको ज्यान गएको हो । बिहान करिब साढे ४ बजे सार्कीलाई बाघले घरभित्रैबाट तानेर लगेको थियो । उहाँको शव घरनजिकैको दक्षिणकाली सामुदायिक वनमा फेला परेको स्थानीयले बताएका छन् । यस्तै बाघ हेर्न जाने क्रममा देवनगरका लालबहादुरलाई बिहान ११ बजेतिर आक्रमण गरेको थियो ।

यस्तै आक्रमण गर्ने बाघलाई स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.