पछिल्ला सामग्री :
बादी समुदायका बालबालिका शिक्षाबाट वञ्चित

देवानन्द न्यौपाने, कैलाली/ आर्थिक अभावका कारण कैलालीको बलिया–९ बल्चौरमा बस्दै आएका भूमिहीन बादी समुदायका अधिकांश बालबालिका विद्यालय शिक्षाबाट वञ्चित छन् ।

आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकिएको उनीहरूका अभिभावकहरूले गुनासो गरेका छन् । विभिन्न संघ–संस्थाले बादी परिवारहरूलाई सहयोग गर्दै आएको भए पनि त्यसले पर्याप्त नभएको उनीहरूले बताएका छन् । सुदूर तथा मध्यपश्चिमका विभिन्न जिल्लाबाट बसाइ सरी ०६४ सालदेखि करिब २५७ घरपरिवार बस्दै आएको छ ।

आर्थिक अभावका कारण ०६८ सालको कात्तिकमा कैलाली, कञ्चनपुर र डोटीका गरी करिब ६४ जना पोखरा र ०६९ साल भदौमा ४० जना गरी एक सय चारजना बालबालिका काठमाडौंको बालगृहमा पठाइएको स्थानीय रमा बादीले जानकारी दिनुभयो ।

हाल ३० जना बालबालबालिकालाई गाउँ बाल संरक्षण समिति तथा सम्वद्र्धन समिति बलियाको सिफारिसमा सिएचएसडी नेपाल कैलालीले सहयोग गर्दै आएको छ भने अझै ४३ बालबालिकाको सहयोगका लागि प्रक्रिया थालिरहेको गाउँ बाल संरक्षण समिति बलियाले जनाएको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.