पछिल्ला सामग्री :
अस्ट्रेलियामा सहयोग

अस्ट्रेलिया/ १० करोडको अक्षय कोष निर्माणार्थ अस्ट्रेलिया भ्रमणमा रहेका हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रको उपस्थितिमा पश्चिम अस्ट्रेलियाको पर्थमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय नेपाली एसोसियसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा), एनआरएन–डब्लु ए, फ्रेन्ड्स अफ नेपाल र पर्थ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘गाला डिनर’ कार्यक्रममा पश्चिम अस्ट्रेलियाका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमका दौरान अस्ट्रेलियन डलर २५ हजारभन्दा बढी रकम संकलन गरिएको थियो । कार्यक्रममा हेल्प नेपाल नेटवर्कका कार्यक्रमबारे वृत्तचित्र प्रदर्शन गरिनुका साथै १० करोडको अक्षय कोषबारे परोपकारी पत्रकारिताका प्रवर्द्धक मिश्रले झन्डै ४५ मिनेट लामो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कला संस्कृति झल्कने नृत्यको साथै स्थानीय गायकद्वारा गीतसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमपश्चात् पत्रकार मिश्रले पश्चिम अस्ट्रेलियाका नेपालीको योगदानको चर्चा गर्दै सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.