पछिल्ला सामग्री :
नवलपरासी दूध व्यवसायमा अगाडि

परासी/ नवलपरासीमा वार्षिक साढे दुई अर्ब मूल्यबराबरको दूध उत्पादन भई बिक्री हुने गरेको छ ।

पशुपालन ब्यबसायमा नवलपरासी धेरै अघि भएकोले पनि दूधको उत्पादन बढि भएको जिल्ला पशु सेबा कार्यालयका पशु चिकित्सक उत्तम आचार्यले बताउनुभयो । नवलपरासीमा बार्षिक ७६ हजार मेटिक टन दूध उत्पादन भै विक्री बितरण हुने गरेको आचार्यले बताउनुभयो ।

जिल्लाको मुकुन्दपुर गाविसमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको छ । दूध उत्पादन बढाउन हरियो घाँस उत्पादनमा किसानलाई प्रोत्साहन गर्न बिउहरू उपलब्ध गराइएको पशु सेवा कार्यालयका प्रमुख शंकर शाहले बताउनुभयो ।

बाँझोपन र थुनेलाका कारण ५० हजारदेखि एक लाख रुपैयाँसम्मका गाइभैँसी किसानले गुमाउन परेकाले त्यसलाई न्यूनीकरण गर्न किसानका गोठहरूसम्म कार्यक्रम विस्तार गरिएको प्रमुख शाहले जानकारी दिनुभयो ।

सात लाख जनसंख्या रहेको नवलपरासीमा पशुलाई कृत्रिम गर्भाधान गराएकाले त्यसबाट उत्पन्न राम्रो बच्चा निस्कने र किसानलाई बढी फाइदा हुने गरेको र त्यसैले पनि नवलपरासी मुलुककै सबैभन्दा दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा रहेको बताइन्छ ।
नेपालवाणीबाट
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.