पछिल्ला सामग्री :
तराईपछि पूर्वराजा मध्य तथा सुदूरपश्चिममा

काठमाडौं/ बाढीपीडितलाई राहत वितरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम जानुहुने भएको छ ।

गएको महिना मध्यतराईका आठ जिल्ला भ्रमण गरी काठमाडौं फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र सुदूरपश्चिमको महेन्द्रनगर र दार्चुला तथा मध्यपश्चिमको बर्दिया जान थाल्नुभएको हो ।

गत साता बाढीपीडित परिवारलाई सहयोग गर्न आह्वान गर्दै बुहारी अध्यक्ष रहेको हिमानी ट्रस्टलाई २५ लाख रुपैयाँ सहयोग गर्नुभएका पूर्वराजा आफैँले राहत वितरण गरी सो क्षेत्रका जनाताको जनमत संकलन गर्न बाढी प्रभावित क्षेत्रका जान लागेको बताइएको छ ।

स्रोतका अनुसार उहाँ असार अन्तिम साता वा साउन पहिलो साता हवाई मार्गबाट नेपालगन्ज र स्थलमार्ग हुँदै सुदूर तथा मध्यपश्चिमका जिल्ला जाने कार्यक्रम छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.