बालिकालाई नेपालगन्ज रेफर
कैलाली/ कैलालीको लालपुरमा बलात्कार गरी हत्या गर्न खोजिएकी बालिकालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।
सेती अञ्चल अस्पताल धनगढीमा उपचार सम्भव नहुदा बालिकालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको हो । बिहीबार भैँसी चराउन जंगल गएका बेला श्रीपुर–३ लालपुरकी १० वर्षीया बालिकालाई स्थानीय २६ वर्षीय धनबहादुर बोगटीले बलात्कारपछि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।
स्थानीय र प्रहरीले खोजी गर्दा यि बालिका शुक्रबार नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेकी हुन् । बालिकालाई बलात्कारपछि ढुंगाले हानेर हत्या गर्न खोजेको भन्दै अस्थायी प्रहरी पोस्ट श्रीपुरका प्रहरी सहायक निरीक्षक मनलाल विकको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्त बोगटीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्त बोगटीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
–देवानन्द न्यौपाने

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.