खुलापार्कमा हस्तमैथुन, वीर्यजति युवतीको शरीरमा
काठमाडौं/ यौनसम्बन्धी संसारमा धेरै रोचक घटना भएका छन् । यौन उत्तेजना नियन्त्रण गर्न नसक्दा शुक्रबार काठमाडौंमा पनि एउटा अचम्मको घटना भएको छ ।
घटना शुक्रबार बिहान ११ बजेको हो । काठमाडौंको शंखपार्कमा एक युवती आफन्तसँग मोबाइलमा गफ गरेर बसिरहेकी थिइन् । नजिकै थिए रामकुमार सिंह नामका युवक । सुन्दर युवतीलाई देखेपछि सिंहले आफ्नो यौन उत्तेजना नियन्त्रण गर्न सकेनन् । युवतीको पछाडि बसेर खुला पार्कमै हस्तमैथुन गरे ।
यौनमा मात्तिएका सिंहले युवतीको शरिरभरि वीर्य फालिदिएपछि घटना अस्वाभाविक बन्न पुग्यो । सिंहको व्यवहारबाट आक्रोशित भई युवतीले आफन्त बोलाइन् र प्रहरीमा उजुरी दिइन् ।
सिंहलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । सिंहलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत कारबाही गरिने महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी जीवनकुमार श्रेष्ठले बताए ।
पक्राउ परेपछि युवकले गल्ती स्विकार्दै यौन चाहना नियन्त्रण गर्न नसक्दा त्यस्तो भएको बताएका छन् । सप्तरीको पनेरिया घर भई हात्तीगौँडा बस्ने सिंह कोटेश्वरको एक विद्यालयमा कार्यरत छन् ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.