भौतिकशास्त्र पुनर्निर्माण अभियानमा नेपाली युवा
काठमाडौं/ नेपालका युवा भौतिकशास्त्र पुनर्निर्माणको अभियानमा जुटेका छन् । उनीहरूले विश्वविख्यात विज्ञानको मान्यता आर्किमिडिजको सिद्धान्त, न्युटनको चालको दोस्रो नियम, गुरुत्वाकर्षणको नियम, कार्यको सूत्र, विशिष्ट सापेक्षताको सिद्धान्त आदि गरी डेढसयभन्दा बढी भौतिक शास्त्रीय सिद्धान्त, धारणा, मान्यता तथा नियमहरू त्रुटिपूर्ण रहेको बताएका छन् ।
मिडिया इन्टरनेसनलमा आज गरिएको कार्यक्रममा युवा वैज्ञानिक भविन्द्र कुवँरले त्रुटिपूर्ण वैज्ञानिक सिद्धान्तहरूलाई अनिवार्य पुनर्निर्माण वा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । काठमाडौं रिसर्च एन्ड पब्लिकेसनको आयोजनमा भएको कार्यक्रममा उहाँले विभिन्न भौतिकशास्त्रले आजसम्मको यो स्वरूप हासिल गर्नुका पछि क्रमबद्ध सुधार वा नवसिर्जनाले भूमिका निर्वाह गर्नुपर्ने कुरामा कसैको दुईमत नहुने बताउनुभयो ।
उहाँले दशकभन्दा बढी समयदेखि नेपालमा भए गरेका केही अध्ययन, अनुसन्धान तथा परीक्षणहरूले ‘भौतिकशास्त्र पुनर्निर्माण अभियान’को चरणसम्म आइपुग्दा स्पष्ट र खुला रूपमा मापन गर्न सकिनेगरी निकालिएका परिणामका कारण ती प्रचलित भौतिक शास्त्रीय (डेढ सयभन्दा बढी) सिद्धान्त वा नियमहरूको सत्यताको आधार नरहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै कार्यक्रमममा नास्टका युवा वैज्ञानिक डा. रवीन्द्र ढकालले सकारात्मक सोच लिएर आफूकहाँ आए जस्तोसुकै वैज्ञानिक कार्यमा आफ्नो सहयोग रहने बताउनुभयो । कार्यक्रममा नेपालमा विज्ञान विषयका प्राध्यापक तथा जानाकारवाला व्यक्तिहरूले आ–आफ्ना भनाइहरू राख्दै कुँवरको क्षमताको प्रशंसा गरेका थिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.