पछिल्ला सामग्री :
सुगम र स्मृतिलाई उपाधि


वेस्टचेस्टर, न्युयोर्क ।
द एशोसियन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलनको अवसरमा आयोजित एएनए फेसन एक्स्ट भ्यागेन्जामा एएनए मिस्टर भाउ र मिस भाउको उपाधि क्रमश: सुगम श्रेष्ठ र स्मृति श्रेष्ठले जितेका छन् । सम्मेलनको दोस्रो दिन शुक्रबार आयोजित प्रतियोगितामा उनीहरुले अन्तिम राउन्डमा छानिएका सात सात प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन् । उपाधिका साथ विजेताले तीनहजार दुई सय ५० डलरको मोडेल रिहाव कन्ट्याक्ट हात पार्नुका साथै विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । मिस भाउ स्मृतिले मिस तस्विरको उपाधिसमेत हात पारिन् ।


यसैगरी प्रतियोगितामा मिस्टर पपुलर, मिस्टर मुस्कान, मिस्टररमिस डिसिप्लेनको उपाधि दिवेश भण्डारीले हात पारे भने जुवी गौचनले मिस पपुलर, मिस फेसानिस्टा र वेस्ट कपुल फिमेल उपाधि जितिन् । अन्य उपाधि विजेताहरुमध्ये कविता मानन्धरले मिस मुस्कान, विराज श्रेष्ठले मिस्टर फेसोनिष्टा, अंकिता बस्नेतले मिस्टररमिस साथी, राजीव आचार्यले बेस्ट कपुल फिमेल र सविर श्रेष्ठले मिस्टर तस्विरको उपाधि जिते । प्रतियोगितामा सुगम श्रेष्ठ र जुवी गौचनले अफ्याक्ट्ी स्टुडियोका तर्फबाट कन्ट्याक्ट हात पारे भने प्लानेटका तर्फबाट विराज श्रेष्ठले तीनवटा म्युजिक भिडियो र स्मृति श्रेष्ठले तीनवटा सर्टमूभीमा काम गर्ने कन्ट्याक्ट प्राप्त गरे ।


गायक प्रेमराजा महत र नरेन्द्र प्यासीको गीत र स्थानीय नेपाली युवाहरुको ब्यान्ड कन्सर्टसहित आयोजना गरिएको एएनए फेसन एक्स्ट भ्यागेन्जाका निर्णायकहरुमा उद्योगपति राहुल चौधरी, गायिका नलिना चित्रकार, ३१ औं एएनए सम्मेलनका मुख्य संयोजक समीर महर्जनलगायत रहेका थिए । प्रतियोगिता हेर्नका लागि ठूलो संख्यामा फेसनप्रेमी नेपालीको उपस्थिति रहेको थियो । प्रतियोगिता ३१ औं एएनए सम्मेलन आयोजनास्थल न्यूयोर्कको वेस्टचेस्टरस्थित होटल हिल्टनमा आयोजना गरिएको थियो । 

सूर्य थापा
संयोजक, मिडिया 
३१ औं एएनए सम्मेलन, न्यूयोर्क (२०१३

६ जुलाई, २०१३

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.