पछिल्ला सामग्री :
एएनएको ३१ औं सम्मेलन सफलतापूर्वक सम्पन्न

सूर्य थापा,वेस्टचेस्टर, न्युयोर्क ।अमेरिकामा रहेका नेपालीहरुको छाता संस्था द एशोसियन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलन न्युयोर्कको वेस्टचेस्टरमा सम्पन्न भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ आयोजना गरिएको सम्मेलन सफल भएको एएनएका अन्तरिम अध्यक्ष छेवाड. शेर्पालामाले बताउनु भयो । उहााले पछिल्ला तीन सम्मेलनले एएनएलाई ठीक बाटोमा डोहोऱ्याएर अब हिड्ने स्थितिमा ल्याइपुऱ्याएको बताउानु हुदै आफ्नो मार्गचित्र अनुसार नै एएनए अगाडि बढिरहेको जानकारी दिनुभयो ।

 सम्मेलनमा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति, एएनए र एनआरएनका बीचमा उच्चस्तरीय सहकार्यको वातावरण निर्माण, समसामयिक जल्दावल्दा विषयवस्तुमाथि आयोजना गरिएका विभिन्न फोरमहरु, १० वर्षपछि महको ऐतिहासिक प्रस्तुति, २ वटा गिनिज बुक अफ वल्र्ड रेकड्र्स, आर्थिक समृद्धिको एजेण्डालाई अगाडि बढाउने सार्थक पहल लगायतका विशेषताका कारण एएनएको ३१ औं सम्मेलन सधैभरि सम्झनलायक रहेको पनि उहााले बताउनु भयो । 

अध्यक्ष शेर्पाका अनुसार आगामी बर्षको ३२ औं एएनए सम्मेलन क्लोराडो, लस एन्जलस, न्युजर्सी या न्युयोर्कमा नै गर्ने भन्ने बिषयमा छलफल भइरहेको र केहि महिना भित्रै एएनएले आगामी सम्मेलन कंहा गर्ने भन्ने बिषयमा निर्णय गर्ने जानकारी दिनुभयो । 

एएनए ३१ औं सम्मेलनका मुख्य संयोजक समीर महर्जनले सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सहयोगी, सहकर्मी, सहभागी सबैलाई धन्यवाद दिनु भयो । उहााले ठूलो कार्यक्रम आयोजना गर्दा हुने सानातिना कमीकमजोरी भए पनि समग्रमा सम्मेलन सफल भएकाले आफूलाई दिइएको जिम्मेवारी निर्वाह गर्न सकेकोमा सन्तोष व्यक्त गर्नुभयो । संयोजक महर्जनका अनुसार ३१ औं एएनए सम्मेलनमा हजारौ नेपालीले भ्रमण गरेका थिए  । 

अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले सम्मेलनमा आयोजना गरिएका विभिन्न फोरमहरु अत्यन्त समसामयिक भएको बताउनु हुादै यी फोरममा भएको छलफलले नेपालमा लगानीका लागि वातावरण बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहााले सफल आयोजनाका लागि आयोजकहरुलाई धन्यवाद पनि दिनुभयो ।
मेरिल्याण्ड र पेन्सेल्भेनिया राज्यका लागि अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले अमेरिकामा विभिन्न राज्यमा छरिएर रहेका हजारौं नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अनुहारमा मुस्कानसहित न्युयोर्कमा देख्न पाउादा खुशी लागेको बताउनु भयो । 

क्यालिफोर्निया सानडियागो क्षेत्रका लागि नेपाली अवैतनिक वाणिज्यदूत ऋषि ढकालले सम्मेलनका क्रममा तीनदिनसम्म हजारौं नेपाली एक ठाउामा भेला भएर आफ्नो मातृभूमिको विकासका लागि छलफल गर्नुु , आपसमा चिनापर्ची गर्दै विविध सांस्कृतिक कार्यक्रममा सहभागी भएर रमाउनु आफैंमा ठूलो उपलव्धी भएको बताउनु हुादै यसबाट नेपालीहरुमा भावनात्मक सम्वन्ध अरु प्रगाढ हुने बताउनु भयो ।

सम्मेलनमा सहभागी हुन नेपालबाट आउनु भएका संस्कृतिविद् एवं कवि तुलसी दिवसले सम्मेलनमा साहित्यिक एवं सांस्कृतिक कार्यक्रमलाई महत्व दिइएकोमा प्रशंसा गर्दै यसबाट अमेरिकामा रहेका नेपालीहरु आफ्नो मातृभूमिप्रति अझ नजिकको साइनो बनाउन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

एएनए ३१ औं सम्मेलनको विहीबार  एक भव्य समारोहबीच नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले उद्घाटन गर्नुभएको थियो । सम्मेलनका विशेष अतिथि नेपाली कांग्रेसका सभापति सुशील कोइराला हुनुहुन्थ्यो । उद्घाटन अघि वहुभाषिक, बहुसांस्कृतिक नेपाल झल्कने सांस्कृतिक परेड प्रस्तुत गरिएको थियो । परेडमा विभिन्न जाति जनजातिका सांस्कृतिक झााकीका साथै अतिथि एवं सहभागीहरुको ठूलो सहभागिता रहेको थियो ।

सम्मेलनका क्रममा ट्ेड सो, अन्तरसंवाद, कविता महोत्सव, चलचित्र महोत्सव, फोरम, सांस्कृतिक कार्यक्रम, फेसन एक्स्ट भ्यागेन्जा, ट्यालेन्ट शो, खेलकुद प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिएको थियो । सम्मेलनमा १० वर्षपछि अमेरिका आइपुगेको महजोडीको विशेष प्रहसन रहेको थियो ।  



संयोजक, मिडिया 
३१ औं एएनए सम्मेलन, न्यूयोर्क (२०१३

७ जुलाई, २०१३


IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.