सैन्य कारबाहीमा २३५ को मृत्यु
एजेन्सी/ इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्द मुर्सीका समर्थक र विरोधीबीच भएको झडपलाई नियन्त्रणमा लिन गरिएको सैन्य कारबाहीमा परी मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।
तर, विपक्षीले भने २ हजार भन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । मृत्यु हुनेमा मुर्सीका समर्थक, सुरक्षाकर्मी र सरकार समर्थक रहेको बताइएको छ । मुर्सीका समर्थकहरूले राजधानी कायरोमा विभिन्न शिविर स्थापना गरी सरकार विरोधी नारा लगाउँदै प्रदशैन गरिरहेका थिए ।
सुरक्षाकर्मीले मुर्सी समर्थकलाई शिविरबाट हटाउन कारबाही गरेको बताएको छ । मुर्सी समर्थक मुस्लिम ब्रदरहुडका केही कार्यकर्ता पक्राउ परेका छन् ।
यसैबीच, अन्तरिम सरकारका उपराष्ट्रपति मोहम्मद अल बारादेईले पदबाट राजीनामा दिएका छन् । त्यस्तै, जारी संकटलाई मध्यनजर गर्दै इजिप्ट सरकारले संकटकाल घोषणा गरेको छ । संकट समाधानका लागि यो कदम चाल्नुपरेको सरकारको दाबी छ ।
गत जुलाई ३ मा मुर्सीलाई सैनिकले अपदस्थ गरेर नजरबन्दमा राखेपछि समर्थकहरूले उनको पुनर्बहालीको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.