अस्ताए मरिचमान
काठमाडौं/ पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको आज (साउन ३१ गते बिहान) निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ७१ वर्षीय श्रेष्ठको उपचारका क्रममा आज बिहान ३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीस्थित धापासीस्थित निवासमा राखिएको छ । स्वर्गीय श्रेष्ठप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, सरकारी उच्च कर्मचारी, आफन्त र सर्वसाधारण धापासीस्थित निवासमा पुगेका छन् ।
भारतको मेदान्त अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि निको नभएपछि उहाँलाई मंगलबार राति एअर एम्बुलेन्सबाट स्वदेश ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । सन् १९४२ मा जन्मनु भएका श्रेष्ठ पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।
०४३ साल जेठमा प्रधानमन्त्री हुनु भएका श्रेष्ठले करिब ४६ महिनासम्म सरकारको नेतृत्व गर्नुभयो । तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत बन्नुभएका श्रेष्ठ नेवार समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ ।
श्रेष्ठ प्रधानमन्त्री भएका वेला भारतले १४ महिना नाकाबन्दी गर्दा चीन र सिंगापुुरबाट दैनिक उपभोग्य वस्तु ल्याएर नेपालमा अभाव टार्नुभएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.