भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र
भक्तपुर/ व्यवसायीहरूको चर्को विरोधका बाबजुद सरकारले आजदेखि भक्तपुर जिल्लालाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
साउन २ गतदेखि भक्तपुरसहित उपत्यकामा फैलिएको बर्डफ्लू नियन्त्रणमा ल्याउन चालिएका उपाय सबै विफल भएपछि सरकारले बढी संक्रमित क्षेत्र भएको भन्दै भक्तपुरलाई बर्डफ्लु संकतग्रस्त क्षेत्र घोषणा गरेको हो ।
अब भक्तपुरमा रहेका सबै जीवित कुखुरा र अन्डा नष्ट गरिनेछ । संकटग्रस्त क्षेत्र घोषणासँगै आगामी तीन महिनासम्मका लागि जिल्लाभर कुखुरा पाल्न, जीवित पंक्षी ओसारपसार नपाइने कृषि मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले जानकारी दिनुभयो ।
जिल्लाको विभिन्न स्थानमा रहेका फर्मका साढे २ लाख भन्दा बढी कुखुरा, अण्डा, मासु, दाना, सुली नष्ट गरिने छ । यो अभियानबाट व्यवसायीहरू भने धराशयी हुने भन्दै चिन्तित भएका छन् । सरकारले पीडित व्यवसायीहरूलाई उचित राहतको व्यवस्था गरिएको आश्वासन प्रवक्ता पाठकले दिनुभएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.