नागरिकता बनाउन २० लाख घुस
ज्ञानु गौतम, नेपालगन्ज/ इलाका प्रशासन कार्यालय नरैनापुरका एक कर्मचारीले
नागरिकता बनाउन एकजना किशोरीसँग घुस बापत २० लाख बराबरको जग्गा माग गरेको
खुलासा भएको छ ।
इलाका प्रशासन कार्यालय नरैनापुरका कर्मचारी शैलेन्द्रर कुमार कर्णले मटेहिया गाविस–७ हुलासपुर्वा गाउँ बस्ने किशोरी कान्ती कुमारी यादवसँग नागरिकता बनाउन २० लाख मूल्य पर्ने १० बिघा जग्गा मागेको आरोप छ ।
उनले प्रशासनमा उजुरी गर्दै उक्त आरोपसहित भ्वाइस रेकर्ड आफूसँग रहेको खुलाएकी हुन् । पीडित किशोरीले जिल्ला प्रशासन कार्यालय बाँकेमा दायर गरेको उजुरी हुलाकमार्फत दैनिक नेपालगन्जलाई समेत सोमबार प्राप्त भएको छ ।
किशोरीको घर र जग्गा गाउँका केही ब्यक्तिहरूले कब्जा गरेको उजुरीमा उल्लेख छ । एचआईभी/एड्सका कारण किशोरीको बुबा पारस नाथ यादवको सन २००१ मा मृत्यु भएको र बाजे तथा बज्यैको सन २००३ मा मृत्यु भएपछि बेसहारा बनेकी किशोरीको आमा केशरानी यादवसमेत बेपत्ता पारिएकी अवस्थामा रहेको उल्लेख छ ।
किशोरीका अनुसार, उनकी आमा केशरानी यादवलाई उनकै गाउँका इबरार अहमद शाह र उनका बुबा इनायत अली शाहले ८ वर्षअघि भारतको बहराइच उपचार गराउन लगेको र सो पछि आमा फर्की नआएको बताइएको छ ।
दैनिक नेपालगन्जसंग कुरा गर्दै किशोरी कान्ती कुमारी यादवले आफू नागरिकताका लागि पटक–पटक इलाका प्रशासन कार्यालय नरैनापुर बाँके धाउँदै आएको बताइन् । इलाकाले सनाखत गर्ने मान्छे नभएका कारण नागरिकता दिन नमिल्ने बताएपछि आफू न्याय खोज्दै जिल्ला प्रशासनमा आएको बताइन् ।
किशोरीको जग्गा उयोग गरिरहेकी फुपुलेसमेत सनाखत गर्न नमानेको प्रशासनको भनाइ छ ।
By : Nepalbani

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.