रामेछापको खिम्तीमा पहिरो, आठको मृत्यु
रामेछाप/ रामेछापको खिम्तीमा खहरे खोलामा आएको बाढीसँगैको पहिरोले पुरीएर एकै परिवारका तीन सहित ८ जनाको मृत्यु भएको छ । भने दर्जनभन्दा बढी बेपत्ता भएका भएका छन् । बाढीसँगैको पहिरोले ७ घर समेत बगाएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा खिम्ती चार कटुञ्जेका ५५ बर्षीया मिठु थापा, उनकी २२ बर्षीया छोरी स्वस्थानी थापा र १३ बर्षीय छोरा केदार थापा रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । यसैगरी रामेछाप रनास्लुका ५५ वर्षिय भीमबहादुर तामाङ, उनकी श्रीमती वर्ष ४५की बाटुली तामाङ, ७५ वर्षिय आमाको शव प्रहरीले निकालेको छ । यस्तै भीमबहादुरका १२ वर्षिय छोरा ढल्के तामाङ वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै शेरवहादुर खडकाको पनि घर बगाउँदा एक महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन सकेको छैन । त्यस्तै खिम्ती–३ का शेरवहादुर सुनवारको घर भत्कदा उनकी १३ बर्षीया छोरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका विहान करिब ३ बजे माथिबाट आएको बाढीसँगै पहिरोमा परी उनीहरुलाई बगाएको हो । पहिरोमा परी घाइते भएकालाई सुरक्षाकर्मीको टोलीले उद्दार गरेको छ। घाइतेहरु महिमाला तामाङ, आइमाला तामाङ, हेमबहादुर तामाङलाई उद्दार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.