पछिल्ला सामग्री :
शिक्षिकाको पिटाइबाट आँखाको ज्योति सँधैका लागि गुम्यो

ज्ञानु गौतम, नेपालगन्ज/ शिक्षिकाको किताबले हिर्काउँदा आँखामा चोट लागेका बाँके हिरमिनियाका विद्यार्थी अजय धोबीको बायाँ आँखाको ज्योति सँधैलाई गुमेको छ  । आँखाको ज्योति गुमेको जनाउँदै काठमाडौंिस्थत तिलगंगा आँखा अस्पतालले अजयलाई डिस्चार्ज गरेको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि अजय बुबा मैकुलालसँग आजै घर फकंर्दै छन् । हिरमिनियास्थि विद्यालयमा असार ९ गते गृहकार्य दिने क्रममा शिक्षिकाले किताबले हान्दा अजयको आँखामा चोट लागेको थियो ।

नेपालगन्जको फत्तेबाल आँखा अस्पताल र काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा अजयको उपचार भएको थियो । असार २० गतेदेखि अजयको उपचार काठमाडौंको तिलगंगा आँखा अस्पतालमा भइरहेको थियो । चिकित्सकहरूले पटकपटक प्रयास गरे पनि छोराको आँखाको ज्योति नफर्केपछि मैकुलाल निरास भएर घर फकिर्दै छन् ।

‘डाक्टर साब्ले तीन महिनापछि फेरि छोरालाई ल्याएर अस्तालमा आउनू भनेका छन् । छोराको आँखा अब सन्चो हुने सम्भावना छैन,’ मैकुलालले भने । छोराको आँखाको ज्योति फर्कने सम्भावना नभए पछि मैकुलाल र उनको  परिवारमा पीडा थपिएको छ । अजयको उपचारमा भेरी जोन स्कुल र सिबिन बाल हेल्प लाइन र अस्पतालले सहयोग गरेका थिए ।

अजयको आँखामा चोट लागेपछि तनावमा परेको अजयको परिवार यति बेला थप आथिर्क संकटमा परेको छ । उनको परिवारले  तरकारी बेचेर गुजारा चलाउँदै आएको थियो । शिक्षिकाको कुटाइबाट अजयको आँखामा चोट लागेपछि प्याब्सन र एन–प्याब्सन बाँकेले  उपचारका लागि आथिर्क सहयोग गर्ने घोषण्ाँ गरेका थिए ।

घटना भएको दुई महिना पुग्न लागे पनि प्याब्सन र एन–प्याबसन बाँकेले  आफंैले घोषण्ाँ गरेको रकमसमेत नदिएको गुनासो अजयका अभिभावकहरको छ । असार २२ गते प्याब्सन र एन–प्याबसन बाँकेले नेपालगन्जमा पत्रकार सम्मेलन गरी अजयको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गर्ने घोषण् गरेका गरेका थिए ।

आँखाको ज्योति गुम्ने गरी विद्यार्थीलाई कुटपिट गर्ने बाँके हिरमिनियास्थित भेरी जोन इङलिस मिडियम स्कुलकी शिक्षिका आराधना रानालाई बाँके प्रहरीले असार २० गते पक्राउ गरेको थियो । बाँके प्रहरीले शिक्षिका रानाउपर अंगभंग मुद्दा लगाई २५ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अस्पतालले  उपचारपछि अजयको आँखा ठिक हुने/नहुने यकिन नहुँदासम्मका लागि शिक्षिका रानालाई जिल्ला सरकारी वकिलको कार्यालयले साउनको १४ गते जमानीमा छाडेको थियो ।
NEPALBANI
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.