बेपत्ता बालकको अवस्था अझै अज्ञात
बारा/ एक सातादेखि बेपत्ता भएका बारा छातापिपराका एक बालकको
अवस्था अझै अज्ञात छ । छातापिपरा–३ बस्ने शम्भु चौधरीका ११ वर्षीय छोरा
विशाल चौधरी साउन २६ गतेदेखि बेपत्ता भएका हुन् ।
एलकेजीमा अध्ययनरत बालक शनिबार बिदाको दिन घुम्न निस्केको अवस्थामा उनी बेपत्ता भएको परिवारजनले बताएका छन् । छोरा बेपत्ता भएकोबारे इलाका प्रहरी कार्यालय जितपुरमा निवेदन दिएको भए पनि प्रहरीले अझैसम्म बालक विशालको अवस्था पत्ता लगाउँन सकेको छैन ।
एक सातादेखि बालकको अवस्थाको बारेमा कुनै जानकारी नआउँदा परिवारजन चिन्तामा छन् । बालकको परिवारलाइ फिरौतीका लागि कुनै प्रकारको फोन धम्की पनि नआएकाले अपहरण भएको हो वा बेपत्ता भएको हो भन्नेबारे अनुसन्धान भइरहेको इप्रका जीतपुरका प्रहरी नायाव निरिक्षक प्रमोदकुमार साहले बताउनुभयो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.