जाजरकोटमा नुनको अभाव
जाजरकोट/ जाजरकोटमा एक हप्तादेखि आयोडिनयुक्त नुनको अभाव भएको छ।
साल्ट ट्रेडिङको जाजरकोटस्थित गोदाममा अघिल्लो आर्थिक वर्षको निर्धारित
कोटाको नुन सकिएकाले नुनको अभाव भएको हो।
गत आर्थिक वर्षको निर्धारित कोटा एक हजार क्विन्टल नुनमध्ये ७ सय ४ क्विन्टल मात्र जिल्लामा पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन जाजरकोट शाखाले जनाएको छ।
नुन ढुवानीको जिम्मा लिएका ठेकेदारले २ सय ९६ क्विन्टल नुन पुर्याएका छैनन् । नुन लिन जिल्लाको विभिन्न स्थानवाट सदरमुकामस्थित डिपो पुगेका सर्वसाधारण नुन नपाएपछि खाली फर्कन बाध्य छन्। सदरमुकाममा मात्र नुन वितरण केन्द्र भएका कारण ग्रामीण क्षेत्रका बासिन्दा नुन लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.