पछिल्ला सामग्री :
नेपालको कास्टिङ झुर

काठमाडौं/ सिंगापुरमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल चिर प्रतिद्वन्द्वी अफगानिस्तानसँग ३ रनले पराजित भएको हो ।

राम्रो सुरुआती गरेको नेपाल अन्तिम केही समयमा सम्हालिएर ब्याटिङ गर्न नसक्दा पराजित हुन पुग्यो । वर्षाले केहीबेर खेल प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा पाएको ४६ ओभरमा १६१ रनको लक्ष्य पछ्याएको नेपाल ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमा समेटियो ।

नेपालका लागि कप्तान पारसले सर्वाधिक ६० रन बनाए । पारसको ठाउँमा आएका पृथु २ रनमै पभेलियन फर्किए । उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन जोडे भने भने ओपनर ब्याट्सम्यान सुवास खकुरेलले २३ रन बनाए । अनिल मण्डल भने ३ रन बनाएर आउट भए । त्यस्तै वसन्त रेग्मी ७, शक्ति गौचन र सागर पुन समान १ तथा चन्द्र साउँद रनै नबनाइ आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ९ विकेटको क्षतिमा १६९ रन जोडेको थियो । नेपालका वसन्त रेग्मीले सर्वाधिक पाँच विकेट लिए भने अभिनाश कर्ण, सागर पुन, ज्ञानेन्द्र मल्ल र चन्द्र साउँदले १–१ विकेट हात पारे । नेपालले अफगानिस्तानविरुद्ध सन् २००४ मा पहिलोपटक जित हात पारे पनि त्यसपछिका सबै खेलमा पराजित भएको छ ।

यस्तै आजै भएको २३ वर्षमुनिको अर्को खेलमा बंगलादेशले सिंगापुरलाई ८ विकेटले हराएको छ । सिंगापुरले दिएको १२२ रनको लक्ष्य बंगलादेश टोलीले २६ दशमलव ४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो । प्रतियोगितामा ८ टिम सहभागी छन् । नेपाल रहेको समूहमा अफागानिस्तानसहित भारत र पाकिस्तानको २३ वर्षमुनिको टिम पनि सहभागी भएको छ ।

यसैगरी अर्को समूहमा सिंगापुर, युएई, श्रीलंका र बंगलादेशको २३ वर्षमुनिको टोली सहभागी छन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.