पछिल्ला सामग्री :
अफगानिस्तानलाई पाँचौं सहभागितामा पहिलो उपाधि, भारत २–० ले पराजित

काठमाडौं/  डिफेण्डीङ च्याम्पियनको रुपमा चिनिने भारत आठौं साफ च्याम्पियनसीप फुटवलमा अफगानिस्तानसँग पराजित भएको छ । अफगानिस्तानले भारतलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै आठौं साफ फुटवलको उपाधि चुमेको छ ।

सेमिफाइनलमा नेपाललाई मात्र एक गोलले पराजित गरेर फाइनलमा पुगेको अफगानिस्तानले पाँच पटकको साफ च्याम्पियनशीफ भारतलाई शुन्यका बिरुद्ध २ गोलले पराजित गर्दै उपाधिमा ह्याट्रिक गर्ने भारतको सपना अधुरो पारिदिएको हो । काठमाण्डौंको दशरथ रंगशालामा भएको खेलमा अफगानिस्तानले भारतलाई पहिलो र दोस्रो हाफमा एक एक गोल गर्यो ।

भारत र अफगानिस्तानले गोलको दर्जन बढी अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । भारतले एउटैपनि अवसर सदुपयोग गर्न नसक्दा एकतर्फी गोल खाँदै लजास्पद हार ब्यहोर्न पुग्यो ।

अफगानिस्तानले खेलको नवौं मिनेटमा मुस्तफाको मद्दतमा गोल गर्दै अग्रता लिएको थियो । लगातार भारतलाई दवावमा राखेको अफगानिस्ताले खेलको ६३ औं मिनेटमा अर्को गोल गर्दै भारतलाई पराजयको संघारमा पुर्यायो । दुई गोलले अग्रता लिएर पनि भारतमाथि आक्रमण गरिरहेको अफगानिस्तानले भारतलाई गोलको कुनै अवसर दिएन ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.