पछिल्ला सामग्री :
कोरियामा नेपाली ब्यान्ड

सोल/ केही वर्षअघिसम्म दक्षिण कोरियामा रहेका नेपालीले लोकदोहोरीको प्रत्यक्ष आनन्द लिन सलनाल वाकण् छुसक जस्ता चाड पर्खनुपथ्र्यो ।

ती पर्वमा नेपालबाट झिकाइएका लोक कलाकारहरू दोहोरी गाउँदै नाच्थे । दर्शकश्रोताहरू बसेकै ठाउँमा गाउँथे, छमछमी नाच्दै र एकै छिन भए पनि विदेसिनुको पीडा भुल्थे । अचेल भने लोकभाका पारखीहरू मादल, बाँसुरी र तबला बजाउँदै महिनैपिच्छे गाउन र नाच्न पाउँछन् । यस्तो अवसर एक वर्षअघि कोरियामा स्थापना गरिएको 'बिसौनी सांगीतिक समूह'ले जुराइदिँदै आएको छ ।

रोजगारीका लागि नेपाली युवाको आकर्षण बनेको कोरियामा कला, गला र अनेक प्रतिभा भएका नेपाली युवा आएका छन् । बिसौनी ब्यान्ड यस्तै प्रतिभा भएका युवाहरूको समूह हो । यो ब्यान्डले परदेशी भूमिमा पनि गाउँबेसी र उकाली-ओरालीको सम्झनालाई ताजा राख्न सारंगी, मादल, बाँसुरी, तबलाको सहारा लिँदै आएको छ ।

ब्यान्डका संयोजक हुन् सीपी मगरले । उनी गायक र वाद्यवादकको दुवै भूमिकामा पनि छन् । दोहोरीमा उनलाई सरु पौडेलले साथ दिँदै आएकी छन् । सोल, सुवन, यङदम्फु, इन्च्छन लगायतका सहरमा भइरहने दोहोरी साँझमा सीपी र सरुको जोडी आकर्षणको केन्द्र बन्ने गर्छ । उनीहरू रातभर दोहोरी गाउन तयार हुन्छन् । यो जोडीलाई वाद्यवादनमा मुनाराज सुनुवार, दिलीप गुरुङ, टीका नेपाली, हेमराज, गंगा नेपाली, बीसी, देवेन्द्र छन्त्यालले साथ दिने गरेका छन् ।

लोक दोहोरी व्यवसायमा ६ वर्षको अनुभव समेटेका सीपीको 'साइनो लाइदेऊ न,' 'नानीलाई भेट्दा मनै रमायो', 'आँखै प्यारो' सहित ६ एल्बम र फुटकर लोकदोहोरी संकलन बजारमा छन् । दिलीप र टीका पनि नेपाली लोक संगीतमा लामो समयका अनुभवी हुन् । नेपाली कलासंस्कृतिको संरक्षण गर्दै प्रवासी नेपालीलाई स्वस्थ्य मनोरञ्जन दिने उद्देश्य यो ब्यान्डको छ ।

देवेन्द्र साम्बाहाम्फे,
साभार : इकान्तिपुरबाट
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.