पछिल्ला सामग्री :
प्रयोगशाला आइतबारदेखि

काठमाडौ/  कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको पुस्तक 'प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादी' आइतबारदेखि बजारमा आउने भएको छ ।

पुस्तकमा पहिलो संविधानसभा विघटनका स्वदेशी, विदेशी कारकहरूसहित समकालीन नेपाली राजनीतिका थुप्रै अनुद्घाटित तथ्यहरू खोतलिएको प्रकाशक फाइन पि्रन्टले जनाएको छ ।

'यसमा मूलतः तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग नेपालका माओवादीको उतार- चढावपूर्ण सम्बन्ध केलाइएको छ,' फाइन पि्रन्टका नीरज भारीले विज्ञप्तिमा भनेका छन्, 'यस अर्थमा 'प्रयोगशाला' नेपालको पछिल्लो संक्रमणकालमा दल, दरबार र दिल्लीको भूमिकाको लेखाजोखा हो ।'

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.