उम्मेदवारी दर्ताको मिति सार्न आयोगलाई सरकारको आग्रह
काठमाडौं/ सरकारले मंसिर ४ गते गर्ने
भनिएको संविधानसभा निर्वाचनको उम्मेदवारी दर्ताको मिति केहि दिन पर सार्न
निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आयोगलाई त्यस्तो आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको हो । मंसिर ४ को चुनावलाई भने कुनै प्रभाव नपर्ने गरी समानुपातिकको बन्दसूची पेश गर्ने र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय यथासम्भव केही दिन पर सार्न आयोगलाई आग्रह गरेको मन्त्रिपरिषद् स्रोतले देशान्तरलाई बतायो।

बिहान मन्त्रिपरिषद् अध्यक्ष खिलराज
रेग्मीसहितका मन्त्रीहरु र आयोगका पदाधिकारीहरुबीच छलफल भएपछि दिउसो बसेको
मन्त्रिपरिषद् बैठकले यस्तो आग्रह गरेको हो । यसअघि मंगलवार उच्चस्तरीय
राजनीतिक समितिले समेत प्रमुख निर्वाचन आयुक्तलाई भेटी उम्मेदवारी दर्ताको
मिति केही दिन पर सार्न आग्रह गरेको थियो ।
आयोगको निर्धारित कार्यक्रम अनुसार
समानुपातिकको उम्मेदवारका लागि असोज ७ गते बन्दसूची पेश गर्नु पर्ने र १०
गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उता उम्मेदवारी दर्तालाई प्रभावित पार्न चुनाव वहिष्कारको नीति लिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले असोज ९ र १० गते लगातार दुई दिन नेपाल बन्दको घोषणा गरेको छ ।
उता उम्मेदवारी दर्तालाई प्रभावित पार्न चुनाव वहिष्कारको नीति लिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले असोज ९ र १० गते लगातार दुई दिन नेपाल बन्दको घोषणा गरेको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.