सञ्चारकर्मी भट्टराई लोकसंगीत तिर... (भिडियोसहित)
बारा/ सञ्चार क्षेत्रमा आबद्ध विश्वप्रकाश भट्टराई अहिले सांगीतिक क्षेत्रमा पनि क्रियाशील देखिएका छन् । ४ जेठ ०४६ मा स्याङ्जाको रत्नपुरमा जन्मेका भट्टराईले पछिल्लो समय सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।
सानै उमेरदेखि लोकसंगीतलाई माया गर्दै लोकभाका गुनगुनाउने भट्टराईको लोकसंगीतमार्फत आफूलाई चिनाउने प्रयास भरखरै सफल भएको छ । उनले पहिलो म्युजिक भिडियो जुनको शीतल छायामा मोडलमार्फत सांगीतिक क्षेत्रमा डेब्यु गरेका हुन् ।
उक्त म्युजिक भिडियोले नेपाली श्रोताको मन छुन सफल भएपछि आउँदै गरेको महान् पर्व दसैँको अवसरमा निरू क्रियसनको प्रस्तुतिमा आयो दसैँ खुसी बोकेर भन्ने गीत बजारमा ल्याएका छन् ।
घनश्याम तिवारिको शब्द, पूर्णकला बिसी तथा दीपेन्द्र आलेको, स्वरबद्ध गीत आयो दसैँ खुसी बोकेरमा भट्टराई आफँैले मोडलको भूमिका निर्वाह गरेका छन् । निकट भविष्यमै अझै पृथक किसिमका लोकगीतहरू आफ्नै स्वरमा बजारमा ल्याउने तयारी गरिरहेको उनले बताएका छन् ।
लोकसंगीतलाई माया गर्ने भट्टराईले पछिल्लो समयमा लोकसंगीतमा भित्रिएको बिकृतिलाई निरुत्साहित पार्दै पुराना संगीतलाई संरक्षण गर्नुपर्ने उनको धारणा छ ।
बिपिन धिताल

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.