पछिल्ला सामग्री :
प्रधानमन्त्री बन्न पाउँ भन्दै दक्षिणकालीमा बोका बलि

काठमाडौ/  पटकपटक उपप्रधानमन्त्री र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेको ब्यक्तिले प्रधानमन्त्री बन्ने महत्वकांक्षा राख्नु स्वभाविक हो । तर लोकतान्त्रिक ब्यवस्थामा प्रधानमन्त्री हुन जनताको मत र विश्वास आवश्यक हुन्छ ।

तर विडम्बना नै भन्नु पर्छ नेपाली काग्रेसको ग्रास रुटदेखिनै प्रजातन्त्र र समाजवादको शिक्षासँगै राजनीति गर्दै आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने प्रजातन्त्रको मान्यता अनुसार जनतामा विश्वास नगरी प्रधानमन्त्री बन्न भगवानको सरण लिएका छन् ।

प्रधानमन्त्री बन्न नेपाली जनताले भारी मत दिएर कुनै पनि पार्टीलाई जिताउनु पर्ने हुन्छ यो प्रजातन्त्रको मुल मन्त्र हो । तर गच्छदारले शुक्रवार विहान दक्षिणकालीमा गरेर बोको चढाएर भावी प्रधानमन्त्रीको बर मागे ।
उनले दक्षिणकालीलाई माता ( आमा) भन्दै आगामि निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने गरी प्रधानमन्त्री बनाई दिन बर मागे ।

दक्षिणकाली मातासँग बर मागेसँगै उनले दक्षिणकाली क्षेत्रमा क्षेत्रीय कार्यालयको उद्घाटन र विभिन्न पार्टी छाडेर आएका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश समेत गराएका थिए ।  गच्छदारले यसअघि पनि पटकपटक मधेसी मोर्चाको नेताको रुपमा प्रधानमन्त्री बन्ने प्रयास गरेका थिए । भने अहिले पनि आफ्नो पार्टीलाई मधेसको सबैभन्दा ठूलो पार्टी बनाउन मोर्चाबन्दी बनाएर संविधानसभा निर्वाचनमा जाने र पार्टी प्रवेशलाई तिब्रता दिएका छन ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.