पछिल्ला सामग्री :
मदन पुरस्कार दमिनी भीरलाई

काठमाडौं/ ०६९ सालको मदन पुरस्कार राजन मुकारुङको उपन्यास दमिनी भीरलाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीले दमिनी भीरलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको मदन पुरस्कार गुठीका सदस्य कुन्द दीक्षितले जानकारी दिनुभयो । ०६९ सालभरीमा प्रकाशित कृतिमध्ये सबैभन्दा उत्कृष्टलाई छनोट गरी यो पुरस्कार प्रदान गर्न लागिएको मदन पुरस्कार गुठीले जनाएको छ ।

पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ । दमिनी भीर उपन्यासमा सहर पस्ने युवा जमातदेखि पहाडमै विकासको गन्ध खोज्ने समुदायका कथालाई प्रस्तुत गरिएको छ । अघिल्लो वर्ष यो पुरस्कार अमर न्यौपानेको उपन्यास सेतो धरतीले पाएको थियो ।

बैठकले यस वर्षको जगदम्बाश्री पुरस्कार गीतकार रत्नशमसेर राणालाई प्रदान गर्ने निर्णय पनि गरेको छ । पाँच दशकदेखि कविता र गीत मार्फत नेपाली भाषाको सेवाका लागि रत्नशमशेर थापालाई प्रदान गर्ने निर्णय गरिएको दिक्षितले जानकारी दिनुभयो ।

नेपाली भाषा साहित्यमा योगदान गरेवापत दिइने यो पुरस्कारको राशि पनि दुई लाख रुपैयाँ रहेको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.