जाजरकोट भ्रष्टाचारको अखडा
जाजरकोट/ विकास निर्माण र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरू नै भ्रष्टाचारको अखडा भएको जाजरकोटका जिल्ला नेताहरूले आरोप लगाएका छन् ।
जिल्ला विकास समितिले गरेको वार्षिक कार्यक्रममा उनीहरूले जिविस, प्राविधिक कार्यालय, शिक्षा, स्वास्थ्य कार्यालयहरूनै भ्रष्टाचारको अखडा भएको आरोप लगाएका हुन् । नेकपा माओवादीका जिल्ला इन्चार्ज ढकवीर रानाले धेरैजसो आयोजनामा जिविसका प्राविधिकले १५ प्रतिशतसम्म कमिसन लिएर भुक्तानी दिएको बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका सचिव कल्दर सिंहले सबैजसो विकास निर्माणसँग सम्बन्धित कार्यालयमा अनियमितता हुने गरेको आरोप लगाउनुभयो । यसैगरी एमालेका जिल्ला उपाध्यक्ष कालु हमालले जिल्ला विकास समितिका धेरैजसो योजना कागजमै सीमित रहेको दाबी गर्नुभयो ।
जिल्लामा विभिन्न विकास निर्माणका कार्यक्रममा व्यापक अनियमितता भएको गुनासो बढेपछि अनियमितता छानबिन तथा सहजीकरणका लागि नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
राजस्व अनुसन्धानद्धारा पक्राउ ::
यसैबीच भन्सार छलेर अन्यत्र लैजान खाजेको आशंकामा राजस्व अनुसन्धान विभाग काठमाडौं र बुटवलको संयुक्त टोलीले नवलपरासीको सीमावर्ती बजार महेशपुरबाट ४५ लाखबराबरको जिरा बरामद गरेको छ ।
भारतको ठुटिबारीनजिक रहेको नवलपरासीको महेशपुरवाट स्थानिय कासिम अन्सारीको घरमा गोदाम गरी राखेको अवस्थामा राजस्व टोलीले ११ हजार पाँच सय २० केजी जिरा बरामद गरेको हो ।
यसअघि पनि भन्सार छलेर पोखरा, काठमाडौंलगायतका ठाउँमा जिरा लैजाने गरेको सुराकीका आधारमा राजस्व टोलीले उक्त स्थानमा छापा मारेको हो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.