पछिल्ला सामग्री :
रियल म्याराथनमा खत्री र राईलाई उपाधि

काठमाडौं/ रियल काठमाडौं म्याराथनको पुरुषतर्फ नेपाली सेनाका उत्तम खत्री तथा महिलातर्फ सशस्त्र प्रहरीकी सोनुजया राईले उपाधि हात पारेका छन् । उपाधिसँगै उनीहरूले एक–एक लाख पुरस्कार हात प्राप्त गरेका छन् । म्याराथनमा सेनाकै कृष्ण बस्नेत दोस्रो भएका छन् ।

बस्नेत गत वर्षका विजेतासमेत हुन् । यस्तै राजन खत्री तेस्रो भए भने प्रहरीका भूमिराज राई चौथो भएको छन् । यसैगरी हाफ म्याराथनमा पुरुषतर्फ नेपाली सेनाकै राजकुमार विष्ट पहिलो, होमलाल श्रेष्ठ दोस्रो र तीर्थबहादुर तामाङ तेस्रो भएका छन् ।

महिलातर्फ भने सशस्त्रका वृन्दा श्रेष्ठ प्रथम र नेपाली सेनाका सरिता बासी दोस्रो भइन् । त्यसैगरी पुरुष पाँच किलोमिटर दौडमा नेपाली सेनाका कल्याण बानियाँ पहिलो, र सशस्त्र प्रहरीका लक्ष्मण मल्ल ठकुरी दोस्रो हुन सफल भए । सशस्त्रकै किरण पाँच किलोमिटर दौडमा तेस्रो भए ।

महिलातर्फ पाँच किलोमिटरमा नेपाली सेनाका विश्वरूपा बुढा प्रथम, सशस्त्रका कान्छीमाया कोजू दोस्रो र सशस्त्रकै लक्ष्मी पाण्डे तेस्रो भइन् ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.