पछिल्ला सामग्री :
विदेशी महिलाहरु नेपालमा यौन धन्दा गर्दै

काठमाडौं/ नेपालमै महिलाहरुले चरम यौन हिंसाको सामना गर्न परिरहेको शक्ति समूहले जनाएको छ। उपत्यकामा ७० हजार भन्दा बढी महिलाहरुले क्याबिन तथा डान्स रेष्टुरेन्टहरुमा काम गरिरहेको र उनीहरु मध्ये ९० प्रतिशतले यौन हिंसा भोग्नु परेको समूहको भनाई छ।

नेपाली महिला विदेशमा यौन हिंसा भोग वाद्य भएको बताइरहेका बेला विदेशबाट महिला ल्याएर काठमाडौका घरहरुमा फ्ल्याट भाडामा लिई अवैध यौनधन्दा चलाउने गरिएको समेत समूहको दाबी छ। किराना पसलका नाउमा समेत अवैध धन्दा सञ्चालन भइरहेको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले बताएकी छन्।

नेपालका क्याबिन र डान्स रेष्टुरेण्ट तथा मसाज पार्लरमा काम गर्ने श्रमजीवी महिलाहरुलाई समयमा तलब नदिइएको, कानून अनुसार व्यवहार नगरिएको र यौन हिंसा गरिएको उनले बताईन्। महिलाहरुको हीतमा काम गरे बापत म्यागासेसे पुरस्कारबाट सम्मानित शक्ति समूहले नेपाली महिलाहरुले वैदेशिक रोजगारको नाममा डरलाग्दो यौन हिंसाको सामना गर्नु परिरहेको पनि जनायो।

भारतका विभिन्न शहर, चीनको खासा र खाडी देशहरुमा पुर्याइएका नेपाली महिलाहरुको यौन शोषण भइरहेको अध्यक्ष दनुवारले बताइन्। दलालहरुले १८ वर्षमुनिका बालिकाहरुलाई तीन महिनाको भिसा लगाएर चीनको खासा र खाडी देशहरुमा पुर्याइ जर्बजस्ती यौनजन्य क्रियाकलापमा लगाउने क्रम बढेको समूहको भनाइ छ।

काठमाडौ उपत्यकामा ७० हजार भन्दा बढी महिलाहरुले क्याबिन तथा डान्स रेष्टरेन्टहरुमा काम गरिरहेको र उनीहरु मध्ये ९० प्रतिशतले यौनजन्य उत्पीडन भोग्नु परेको शक्ति समूहले जनाएको छ।
साभार : नेपालवाणी
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.