पछिल्ला सामग्री :
वृद्धालाई बोक्सीको आरोप लगाउने दुई पक्राउ

स्याङ्जा/ स्याङ्जाको पुतलीबजार नगरपालिकाकी एक बृद्धालाई बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पुतलीबजार नगरपालिका ४ बस्ने स्थानीय ७२ वर्षिय बृद्धा विष्णु कुमारी परियारलाई धामी बनेर बोक्सीको आरोप लगाउने स्थानीय ४८ वर्षीय भाजे कामी र बृद्धाकी नातिनी पर्ने वर्ष २७ की मञ्जु परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुवालले बताउनुभयो।

झारफुकका क्रममा धामी बनेका कामीले वृद्धालाई बोक्सी भएको आरोप लगाएको र मञ्जुले पनि धामीको कुरालाई सहमत जनाउँदै बोक्सीको आरोप लगाएपछि दुबैलाई पक्राउ गरेर सार्वजनिक मुद्दा दर्ता गरी कारबाही अगाडि बढाईएको प्रहरी निरीक्षक बरुवालले बताउनुभयो।
तोलाकान्त बगाले
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.