वैद्य सहमतिमा नआए पनि मंसिरमै निर्वाचन : गच्छदार
काठमाडौं/ मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार
गच्छदारले नेकपा माओवादी सहितका पार्टी सहमतीमा नआएपनि तोकिएको समयमा
निर्वाचन हुने दावी गर्नुभएको छ।
सिंगो देश निर्वाचनमा अगाडि बढिसकेकाले अब कुनै पनि हालतमा पछि नहट्ने उहाको भनाई थियो।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसग कुरा गर्दै गच्छदारले नेकपा माओबादी सहभागी भएपनि नभएपनि संविधानसभाको निर्वाचन मसिंर ४ मै हुने ठोकुवा गर्नुभयो। उहाँले आफूहरु अत्यन्तै लचिलो भएकाले नेकपा माओवादी सहितका दलहरु निर्वाचमा सहभागी हुने विश्वाससमेत व्यक्त गर्नुभयो। आगामी निर्वाचनमा अन्तराष्ट्रिय समर्थन रहेको पनि खुलासा गर्नुभयो।
आफ्नो पार्टी निर्वाचनको तयारीको अन्तीम चरणमा रहेको जानकारी दिदै गच्छेदारले समानुपातिक र प्रत्यक्ष तर्फ असोज १२ गते भित्रमा अन्तिम नामावली सार्वजनिक गरिने बताउनुभयो । साथै उहाले मधेसवादी अन्य दलहरुसंग कार्यगत एकता भन्दा पनि केही सीटहरुमा तालमेल हुन सक्ने उल्लेख गर्नुभयो।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.