'कमेडी नाइट्स वीथ कपिल'को सेटमा आगलागी (फोटो फिचर)
एजेन्सी/ भारतीय टेलिभिजन च्यानल कलर्सको सबैभन्दा लोकप्रिय शो ‘कमेडी नाइट्स वीथ
कपिल’को सेटमा आगलागी भएको छ। बुधबार बिहान करिब ८ बजे लागेको आगोबाट करिब
१२ करोड नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ। यो सेट मुम्बईको फिल्म
सिटीमा बनाइएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको बताइएको छ।
आगलागी
भएको समयमा सुटिङ नभएको दैनिक भाष्करले जनाएको छ। यद्यपी लाइट म्यान र
स्पट ब्याई भने सेट मै थिए। उनीहरु आगलागी हुनासाथ बाहिर भागेकोले कुनै
मानवीय क्षति भएको छैन्। साँझमा हुने सुटिङको लागि लाइटिङ चेक गरिरहेको
बेला विजुली सर्ट हुँदा पुरै सेटमा आगो फैलिएको थियो। तर केही समयमै फायर
बिग्रेड टोलीले आयो नियन्त्रणमा लिएको थियो। कलर्स टेलिभिजनका प्रवक्ताले
आगो लागेको पुष्टि गरेका हुन्। उनले कस्टुम र मेकअपको सामान राख्ने कोठामा
आगो लागेकोले धेरै क्षति नभएको बताएका छन्।
![]() |







0 comments
Write Down Your Responses
Thanks for Your comment.